१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

वाणगंगा स्तरिय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न



मायादेवी अनलाइन, कपिलवस्तु, ९ असोज ।
राष्ट्रिय मुक्ति बालक्लबको आयोजनामा आइतबार वाणगंगा नगरपालिकाको नगरस्तरिय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ ।

नगरस्तरका ६ ओटा बालक्लबको सहभागीता रहेको प्रतियोगीतामा नगरपालिकाको वडा नम्बर १ मा रहेको बाल सञ्जाल प्रथम भएको छ । यस्तै वडा नम्बर ९ भलवाडको गौतमबुद्ध बाल क्बल दृतिय, वडा नम्बर ८ को जागृती बल क्लब मोर्मी तृतिय र वडा नम्बर २ को नयाँ बाल क्लब तिन्यौया सात्तृवा स्थान आउन सफल भएको आयोजकले जनाएको छ ।

प्रतियोगीतमा उकतृष्ट आउने क्लबलाई प्रमाणपत्र, शिल्ड वितरण गरिएको थियो भने सहभागीलाई स्टेशनरी सहित प्रमाणपत्र दिइएको थियो । पुरस्कार स्थानीय समाजसेवी बसन्त गिरी, अमृत थारु र ललिता घिमिरेले दिनुभएको बताइएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै राष्ट्रिय मुक्ति आन्दोलनका केन्द्रिय अध्यक्ष डा. जवि शाहले क्लबले राखेको हाजिरीजवाफ प्रतियोगीताले विद्यार्थीको क्षमता प्रष्फुटनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सोहि अवसरमा वडा नम्बर एककि वडा अध्यक्ष बालकुमारी अधिकारी, वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलले पनि बोल्नुभएको थियो । पुनम गिरीको अध्यक्षतामा भएको प्रतियोगीताको सञ्चालन माया गिरीले गर्नुभएको बताइएको छ ।

 

प्रकाशित मिति : ९ आश्विन २०७४ सोमबार ००:००  १ : ३५ बजे