१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

खोटाङमा बित्तिय साक्षरता कक्षा सुरु



 

असोज १८ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा वित्तीय साक्षरता कक्षा सुरु भएको छ । लफ्याङको छार्का, लुछिम र नर्कटेबाट वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारका लागि कक्षा सुरु गरिएको हो ।

बालसेवा समाज नेपालले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत वैदेशिक विदेशमा कमाएको पैसालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सिकाउन र दैनिक खर्च सहितको व्यावहारमा परिवर्तन ल्याउने उद्देश्य सहित कक्षा सुरु गरेको हो ।

२८ हप्तासम्म सञ्चालन हुने वितिय साक्षरता कक्षा रुपाकोट मझुवागढी नगरपालिकाका एक, दुई र चार नम्बर वडामा सञ्चालन गरिने वित्तिय साक्षरता सहजकर्ता मिनप्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ आश्विन २०७४ बुधबार ००:००  ७ : ५७ बजे