६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

वडाध्यक्षद्वारा अक्षयकोष स्थापना गर्ने घोषणा



रामपुर, पाल्पा, २९ असोज ।
रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष क्याप्टेन हिमाल मल्लले तीन वटा सरकारी विद्यालयमा रु तीन लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । वडा नं ५ भित्र रहेका तीन वटा सरकारी विद्यालयमा उहाँले रु एक÷एक लाख अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको हो ।
वडाभित्र सञ्चालित रामतुलसी मावि, रामपुर निमावि र बाल कल्याण प्राविमा वडाध्यक्ष मल्लले स्व पिता ढालबहादुर मल्ल, माता चन्द्रकुमारी मल्ल, सानीआमा विनाकुमारी मल्ल र सासूआमा चन्द्राकुमारी खाँणको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ ।
विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष खडा गर्न लागेको अध्यक्ष मल्लले बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा राजनीतिभन्दा माथि उठेर सामाजिक हितका लागि काम गर्दै जाने बताउनुभयो । (रासस)

प्रकाशित मिति : २९ आश्विन २०७४ आइतबार ००:००  २ : ३५ बजे