१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

गुल्मीका जनप्रतिनिधि र सशस्त्रको पहलमा बाटो निमार्ण



गुल्मी, ३१ असोज ।
पहिरोले बगाएको विद्यार्थी हिड्ने बाटो गुल्मीका जनप्रतिनिधि र सशस्त्र प्रहरीको पहलमा निर्माण भएको छ ।जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १३ स्थित दुबिचौरमा सुख्खा पहिरोले विद्यार्थी हिड्ने बाटो बगाएपछि जोखिमपूर्ण यात्रा गर्दै आएका थिए ।
सोमबार बिहान जिल्लास्थित रेसुङ्गा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष खुमबहादुर खत्रीको नेतृत्वमा स्थानिय युवाहरु र सशस्त्र प्रहरी बल गुल्मका गुल्मपति प्रहरी नायव उपरीक्ष प्रेमप्रकाश सिग्देल सहित प्रहरीहरु उपस्थित भई उक्त बाटो निर्माण गरेका हुन् ।
विद्यार्थीलाई पैदल यात्रा गर्दा जोखिम पूर्ण र घुमाउरोबाटो भएर आवत जावत गर्नु पर्ने अबस्था आएपछि बाटो निर्माणमा जुटेको वडा अध्यक्ष खत्रीले जानकारी दिनु भयो ।जनप्रतिनिधि र सशस्त्र प्रहरी बलले ५०० मिटर लामो बाटो निर्माण गरिदिएका छन् । वडा अध्यक्ष र गुल्मपती प्रहरी नायव उपरीक्ष स्वयमले बाटो खन्ने काम गरेका थिए ।
सोही स्थानमा वर्षौदेखि जोखिमपूर्ण अबस्थामा रहेको बिजुलीको हाइटेन्सन लाइनलाई मर्मत गरेका छन् ।स्थानीय आवतजावत गर्न समेत कठिनाई रहेको उक्त बिद्युतको लाइन व्यावस्थित गरिएको वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो । बिद्युतको तार समेत नजिकैबाट पुग्न सकिने अबस्थामा रहेकोले मर्मत गरि व्यवस्थित गरिएको अध्यक्ष खत्रीको भनाइ छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७४ मंगलबार ००:००  १ : ३४ बजे