५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

शिक्षा कार्यालयको बैजलपुरमा अभिमुखीकरण



कपिलबस्तु, १५ कार्तिक ।
जिल्ला शिक्षा कार्यालय कपिलबस्तु अहिले बार्षिक कार्यक्रमको अभिमुखीकरण कार्यक्रममा गर्न व्यस्त छ । स्थानीय तहको निर्वाचन पश्चात स्थानीय तहमा रुपान्तरण भएको शिक्षालाई युग सुहाँउदो बनाउनुपर्ने आवाज उठ्दै आई रहेको छ । शिक्षा कार्यालय कपिलवस्तुले बार्षिक कार्यक्रममा यस्तै विषय उठाउदै आएको छ ।

वाणगंगा नगरपालिकाको वडा नम्बर २ मा रहेको पञ्च निमाविमा हालै आर्थिक बर्ष ०७४÷०७५ को बार्षिक अभिमुखीकरण कार्यक्रम गरिएको छ । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय र बाणगंगाको शिक्षा कार्यालयले बाािर्षक रुपमा सम्पादन गर्ने कामको बारेमा अभिमुखीकरण गरेको हो । उक्त अवसरमा शिक्षा सम्बन्धि बिषयबस्तु प्रस्तुत गरिएको पञ्च निमाविका प्रधानाध्यापक जगत रेग्मीले जानकारी दिनुभयो ।

कार्यक्रममा बाणगंगा नगरपालिका प्रमुख म¨ल प्रसाद थारु, उपप्रमुख चक्रपाणि अर्याल, जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुली, सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम भट्टराई, बाणगंगा नगरपालिकाका कार्यकारी अधिकृत तुल्सिराम मरासिनि, लेखा अधिकृत पबित्रा भुसाल लगायतको आतिथ्यता रहेको थियो ।

पञ्च नि मा बि बैजलपुरको व्यबस्थापन रहेको कार्यक्रममा बाणगंगा नगरपालिका भित्रका ४७ सामुदायिक बिद्यालयका प्रद्यानाध्यापकहरुले सहभागिता जनाएका थिए । पञ्च नि मा बि बैजलपुरका बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष बशंराज थारुको अध्यक्षता, सहायक जि. सि. अ. बाबुराम भट्टराईको सहजिकरण, स्रोत व्यक्ति कबिराज भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन बिद्यालय निरिक्षक खिम बहादुर जिसिले गर्नुभएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७४ बुधबार ००:००  २ : ४२ बजे