१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

१४ किलो चरेश सहित २ जना पक्राउ



मायादेवी अनलाइन, कपिलवस्तु, १५ कार्तिक ।
कपिलवस्तुमा १४ किलो चरेश सहित दुई जना पक्राउ गरेका छन । इलाका प्रहरी कार्यालय गणेशपुरले बुधबार २ जनालाई पक्राउ गरेको हो । पक्राउ गर्नेमा कृष्णनगर विजयनगर गाउँपालीका बडा नम्वर २ बस्ने ५५ वर्षीय बिन्तीराम थारु र रोल्पा ७ केवाङ बस्ने २९ बर्षीय दिपक रोक्का रहेको प्रहरीले जनाएको छ ।

गणेशपुर स्थित इलाका बन कार्यालय र इलाका प्रहरी कार्यालयको संयुक्त गस्ती टोलीले बोरा र झोला बोकेर हिडेका शंकास्पद २ व्यक्तिलाई चेकजाँच गर्ने क्रममा १४ किलो चरेश सहित विजयनगर गाउँपालिका १ भैसहियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक प्रल्हाद अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएकोछ ।

प्रकाशित मिति : १५ कार्तिक २०७४ बुधबार ००:००  २ : ३४ बजे