७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पंथीले प्रदेशसभाको टिकट पाएपछि बधाईको ओइरो !



मायादेवी अनलाइन, कपिलवस्तु, १५ कार्तिक ।

नेकपा (एमाले) का युवा नेता विष्णु पंथी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘१’ बाट चुनावमा लड्ने पक्कापक्की भएको छ । सामाजिक तथा राजनीतिक हिसाबमा जीवन समर्पण गर्नुभएका नेता पंथी जिल्लाको प्रदेशसभा १ नम्बरबाट चुनाव लड्ने भएपछि कार्यकर्ता खुसीले हौसिएका छन । बामपंथी गठबन्धनको कार्यदलले पंथीलाई प्रदेशसभाको लागि टिकट दिएको हो ।
उहाँ प्रतिनिधिसभा १ नम्बर क्षेत्रको आकांक्षी रहेपनि अन्तिम समयमा आएर प्रदेशसभा तर्फ तानिएको छ । बामपंथी गठबन्धनको कारण उम्मेदवार मिलाउन पर्ने भएको कारण उहाँ प्रदेश तर्फ चुनाव लड्न थाल्नुभएको बताइएको छ ।  अनेरास्ववियुबाट राजनीति शुरु गर्नुभएका नेता पंथी एमालेका पूर्व लेखा आयोग सदस्य पनि हुनुहुन्थ्यो । अहिलेका एमाले युवा नेता शंखर पोख्रेल अनेरास्ववियुका केन्द्रिय अध्यक्ष रहेको बेला नेता पंथी सोहि कमिटीको कोषाध्यक्ष पदमा रहेर जिम्मेवारी सम्हालि सक्नुभएको छ ।
एमालेका युवा नेता शंखर पोख्रेल प्रदेश नम्बर ५ को मुख्यमन्त्री बन्ने पक्का पक्की जस्तै भएको बेला युवा नेता पंथी प्रदेश सदस्यमा चुनाव लड्न थालेपछि उच्च महत्वको साथ हेरिएको छ ।
कार्यकर्ता माझ अति लोकप्रिय रहुनभएका नेता पंथी दोस्रो संविधानसभामा पनि तत्कालिन क्षेत्र नम्बर १ को टिकटको दाबेदार हुनुहुन्थ्यो । प्रदेशसभाको टिकट पाएपछि नेता पंथीलाई सामाजिक सञ्जाल मार्फत बधाई दिनेको ओइरो लागेको छ । यस क्षेत्रमा ६८ हजार ५ सय ३१ मतदाता रहेका छन ।

प्रकाशित मिति : १५ कार्तिक २०७४ बुधबार ००:००  ४ : ४९ बजे