१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मंसिर २१ को निर्वाचनको लागि आज मनोनयन दर्ता



मायादेवी अनलाइन, कपिलवस्तु १५ कार्तिक ।
मंसिर २१ मा दोस्रो चरणमा हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि विहिबार मनोनयन दर्ता हुदैछ । कपिलवस्तुको ३ प्रतिनिधि सभा र ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा मनोनयन दर्ताको सम्पूर्ण तयारी पुरा भएको मुख्य निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।

मनोनयन दर्ताको क्रममा राजनीतिक दलहरुले भव्य¥याली तथा शक्ती प्रर्दशन गर्ने भएको कारण जिल्लाको शान्ति सुरक्षालाई पनि मजबुत बनाएको जनाएको छ । राजनीतीक दलको मनोनयन दर्ता गर्ने कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन सवै सरोकारवाला निकाय संग वैठक बसेर आवश्यक तयारी गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो ।

प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि जिल्लामा तीनवटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । महिला तथा बालबालिका कार्यालय कपिलवस्तुको भवनमा स्थापना गरिएको कार्यलयमा प्रतिनिधि सभाका ३ वटा क्षेत्र र प्रदेशसभाका ६ वटाको लागि छुट्टा छुट्टै मनोनयन दर्ता गराउने व्यवस्था गरिएको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताउनुभयो ।

३ लाख ११ हजार ७ सय ६० मतदाता रहेका कपिलवस्तुमा मंसिर २१ मा हुने निर्वाचनमा २ सय ३३ मतदान स्थलका ४ सय १० मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानहरी घिमिरेले जानकारी दिनुभयो । आज मनोनयन दर्ता संगै निर्वाचनका कार्यक्रमलाई सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दललाई पूर्णरुपमा निर्वाचन आचार संहिताको पालना गर्न आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७४ बिहिबार ००:००  १ : ५५ बजे