१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कपिलवस्तुमा पनि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइदै



कपिलवस्तु, १६ कार्तिक ।
राष्ट्रिय कार्यक्रम अन्तरगत विहिबार देखि देशभर भिटामिन ‘ए’ र जुकाको औषधी खुवाँइदैछ ।
कपिलवस्तुमा पनि यो कार्यक्रम विहिबार देखि सञ्चालन हुदैछ । जिल्लामा ६ महिना देखि ५९ महिना सम्मका ७० हजार बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन लागिएको हो ।

कार्यक्रमलाई जिल्लाभर पु¥याइने जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । सो अवसरमा बालबालिकाहरुको पोषण स्वास्थ्य सुधारका लागि फित्तावाट वालवालिकाको पोषणका स्थिति लेखा जोखा समेत गरिने कार्यक्रम रहेको छ । पोषणको अवस्था कमजोर रहेका वालवालिकालाई वालभिटा पनि दिइने छ ।

उक्त कार्यक्रमको लागि जिल्ला जनस्वास्थ्य कार्यालयले १ हजार १ सय ३ जना परिचालिका परिचालन गरिएको जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७४ बिहिबार ००:००  २ : १६ बजे