४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

पाल्पा कारागारका वन्दी शिक्षक तथा विद्यार्थीका प्रशिक्षक



पाल्पा, २४ कात्तिक (रासस) ।
पाल्पा जिल्ला कारागारका वन्दी शिक्षक तथा विद्यार्थीका प्रशिक्षक बन्न थालेका छन् । वन्दीबाट तानसेन नगरपालिकाका विद्यार्थी र शिक्षकलाई मुडा बुन्ने व्यावहारिक सीप सिकाउन थालिएको छ । तानसेनस्थित सेन्ट कपितानियो स्कुलको कक्षा ५ र ६ कक्षाका पाँच विद्यार्थी र चार शिक्षिकालाई दुई दिनसम्म वन्दीले मुढा बनाउने सीप सिकाएका हुन् ।
बाँस, टायर, धागोका सामग्री प्रयोग गरी बनाइएका मुढा बजारमा रु ५०० भन्दा बढी पर्छ । ब्रिटिश काउन्सिलको अन्तर्राष्ट्रिय स्कुल अवार्ड अन्तर्गतको सेन्ट कपितानियो स्कुलको प्रोजेक्ट ‘अनलक द आइरन गेट’ ले कारागारका वन्दीलाई प्रशिक्षक बनाएको हो ।
जिल्ला प्रशासन कार्यालय र कारागारको सहयोगमा प्रशिक्षार्थीले व्यावहारिक सीप सिक्नाका साथै कारागारभित्रको जीवनशैली नजिकैबाट नियाँल्ने मौका पनि पाएको सम्बद्ध विद्यालयले जनाएको छ । स्कुलकी प्रधानाध्यापक सिस्टर एनिस जोसेफले यो कार्यक्रमले कारागारका बन्दी र विद्यार्थी दुवैलाई नयाँ अनुभव प्राप्त हुनाका साथै बन्दीका ज्ञान र क्षमताको उपयोग गर्नु आवश्यक रहेको प्रधानाध्यापक जोसेफले बताउनुभयो ।

प्रकाशित मिति : २४ कार्तिक २०७४ शुक्रबार ००:००  ३ : २१ बजे