१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

शिबादह मावि अर्घाखाँचीका लागी रकम संकलन गरिँदै



शिब भुसाल, दक्षिण कोरिया, २७ कात्तिक ।
अर्घाखाँचीको सितगंगा नगरपालिकामा रहेको शिवादह माध्यमिक बिद्यालय जुकेनाको शैक्षिक सुधारका निम्ति प्रवासमा रहेका भुपु विद्यार्थीले रकम संकलन अभियानलाई तीव्रता दिएका छन् । नगरपालिकामा २ महिना पहिले स्थापना भएको सितगंगा सेवा समाजले चलाएको अभियानलाई निरन्तरता दिने उद्देश्यले रकम संकलन अभियान थालिएको हाल दक्षिण कोरिया रहेका समितीका बरिष्ठ उपाध्यक्ष मिनराज पोख्रेलले जानकारी दिए ।
आफ्नै पहलमा दक्षिण कोरियामा मात्र हाल सम्म करिब २ लाख रुपैया संकलन भैसकेको उनले बताए । रकम संकलनकालागी पोख्रेलसँगै सुन्दर आचार्य र कुलराज खनालले सक्रिय रुपमा अभियान चलाईरहेका छन् । शिक्षाको पहिलो पाईला चालेको विद्यालयको शैक्षिक सुधार गर्न र अबका बिद्यार्थिहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ ।
‘सुशासन, समृद्धि, ऐक्यबद्धता, समाज सुधार हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ दुई महिना पहिले अर्घाखाँचीको सितगंगा नगरपालिकामा सितगंगा सेवा समाज गठन गरी संस्था दर्ता गरिएको र काम थालिएको थियो ।
शैक्षिक सुधार अन्तर्गत कालोपाटी विस्थापित गरी मार्कर बोर्ड र प्रोजेक्टरका माध्यमबाट पढाउने र विद्युत् पुगेका क्षेत्रका विद्यालयमा विद्यार्थीलाई कम्प्युटर शिक्षामा साक्षर बनाउने लक्ष्य अनुरुप काम अगाडि बढिरहेको उनले बताए ।
समिती मार्फत हाल सम्म सिद्धारा नगरपालिका अन्तर्गत सिद्धारा र ठाडामा रहेका ३ वटा विद्यालयमा सामग्री हस्तान्तरण गरिसकिएको छ । अभियान अन्तर्गगत एउटा विद्यालयलाई बढीमा १० वटा कम्प्युटरसहित ४ लाख रुपैयाँ बराबरको आधुनिक शैक्षिक सामग्री हस्तान्तरण गर्ने गरिएको छ ।’
विद्यालयलाई सहयोग गर्न चाहने शिक्षाप्रेमीहरुले आफुहरुलाई सम्पर्क गरि सहयोग गरिदिन उपाध्यरक्ष पोख्रेलले आग्रह पनि गरेका छन् ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७४ सोमबार ००:००  २ : ३६ बजे