१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

विद्यार्थी आन्दोलित, विद्यालयमा तालाबन्दी



दाङ, २ मंसिर ।
घोराही उपमहानगरपालिका–२ रामपुरमा रहेको गंगा माध्यमिक विद्यालयमा विद्यार्थीले शुक्रबार तालाबन्दी गरेका छन् । विज्ञान बिषयको पढाई नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका हुन् ।
शैक्षिक सत्र सुरु भएको सात महिनासम्म पनि कक्षा १० को विज्ञान विषयको पढाई नभएको भन्दै त्यसको विरोधमा विद्यार्थीले विद्यालयको प्रशासनिक कक्षसहित विद्यालयको मुल गेटमै तालाबन्दी गरी पठनपाठन ठप्प पारेका छन् ।
विज्ञान शिक्षक व्यवस्थापनका लागि आफूहरुले बारम्बार विद्यालय व्यवस्थापन समिति र प्रशासनमा अनुरोध गर्दा पनि आफूहरुको मागप्रति वेवास्ता गरिएका कारण आफूहरु आन्दोलनमा उत्रनु परेको कक्षा १० का छात्र दीपक सुवेदीले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक भुवनकुमार आचार्यले गत माघदेखि विद्यालयमा विज्ञान शिक्षक खाली भएको भन्दै आफूले तत्कालीन बेलादेखि नै शिक्षक ल्याउन प्रक्रिया थाले पनि शिक्षक व्यवस्थापन हुन नसकेको बताउनुभयो ।

प्रकाशित मिति : २ मंसिर २०७४ शनिबार ००:००  १ : ४३ बजे