११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

शिक्षा कार्यालयको बार्षिक कार्यक्रम सार्वजनिक



कपिलवस्तु, २ मंसिर ।
जिल्ला शिक्षा कार्यालय कपिलवस्तुले नयाँ स्थानीय तह अनुसार कार्यालयले काम थालेको जनाएको छ । मुलुक संघियतामा प्रवेश गरेसंगै जिल्ला शिक्षा कार्यालयबाट हुदै आएका अधिकांश कार्यक्रमहरु अब देखि स्थानीय तहबाट हुने कार्यालयले स्पष्ट पारेको छ । विगतमा शिक्षा कार्यालयमा आउने बजेट मन्त्रालयले स्थानीय तह सम्म पठाएको र कर्मचारी पनि खटाइसकेको जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुलीले बताउनुभयो ।
कार्यालय परिषरमा पत्रकारहरुको विचमा आर्थिक बर्ष २०७४÷०७५ को बाािर्षक कार्यक्रम सार्वजनिकीकरणमा बोल्दै जिल्ला शिक्षा अधिकारी पराजुलीले स्थानीय तहबाट शिक्षाका काम सञ्चालन भएपनि आगामी एक बर्ष सम्ममा लागि जिल्ला शिक्षा कार्यालय रहेको उहाले जानकारी दिनुभयो ।
कार्यक्रममा आगामी आर्थिक बर्षमा हुने कार्यक्रमबारे जानकारी दिदै सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम भट्राईले शिक्षाका अधिकांश काम अब देखि स्थानीय तहबाट हुने जानकारी दिनुभयो । शिक्षकको तलबभत्ता देखी पाठ्यपुस्तक सम्म स्थानीय तहबाट हुने उहाँले बताउनुभयो । यस आर्थिक बर्षमा शिक्षा कार्यालयबाट परम्परागत तथा धार्मिक विद्यालय सञ्चालन अनुदान, लेखाजोखा केन्द्र सञ्चालनका लागि अनुदान, भौतिक निर्माण, अपाङ्ग विद्यार्थीहरुको लागि छात्राबृत्ती वितरण, दिवा खाजा लगायतका कार्यक्रम सञ्चालन हुने सहायक जिशिअ भट्टराइको भनाई छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका सभापति तथा जिल्ला शिक्षा समितीका अध्यक्ष नारायण खनालले विभिन्न अन्यौल भईरहेको बेला शिक्षा कार्यालयले स्थानीयत तहमा हुने र शिक्षा कार्यालयमा हुने कार्यक्रमको बारेमा जानकारी दिएर सबैलाई प्रष्ट पारेको बताउनुभयो ।
सहायक जिल्ला शिक्षा अधिकारी गंगाराम आचार्यको स्वागत मन्तव्य र विद्यालय निरिक्षक अर्जुन कुँवरको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरी, जिल्ला अध्यक्ष डिलाराम भुसाल, पूर्व अध्यक्ष मनोज पौडेल लगायत एक दर्जन बढी पत्रकारको सहभागीता रहेको थियो ।

 

प्रकाशित मिति : २ मंसिर २०७४ शनिबार ००:००  १ : ५८ बजे