११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

को हुन विष्णु पन्थी !



हरि अधिकारी/दिपक अनुरागी ।

संघर्ष, लगनशील र अध्ययन अनुसन्धानमा रुची राख्ने युवाको साथ पाएका लोकप्रिय नेता हुन् विष्णु पन्थी । कलिलै उमेरमा निरङ्कुश पञ्चायत विरुद्धको आन्दोलनमा सकृय रहनु भएका विष्णु पन्थी गणतन्त्रसम्म आईपुग्दा हजारौँ युवाको ढुकढुकी बन्न सफल हुनुभएको छ । पन्थी व्यवस्थापन संकायबाट एमबीए गरेका एक कुशल राजनीतिज्ञ तथा उर्जाशिल नेता हुन् ।

समग्र मुलुकको विकासमा योगदान दिनसक्ने पहिचान बनाएका प्रदेश सभा सदस्यका सक्षम उम्मेदवार हुन् ।

२०३६ सालबाट विद्यार्थी जीवनबाट राजनीति सुरु गर्नुभएका पन्थी सिर्जनशील र स्पष्ट बक्ता हुनुहुन्छ । विद्यार्थी राजनीतिमा सबै माँझ लोकप्रिय बनेर २०३८ सालमा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको अनेरास्ववियु क्याम्पस कमिटीको अध्यक्ष हुनुभयो । क्याम्पसमा राजनीतिबाट आफनो छवि निर्माण गर्नुभएका पन्थी २०४२ सालसम्म आइपुग्दा अनेरास्ववियु लुम्बिनी अंचल कमिटीको अध्यक्षमा निर्वाचित हुनु भएको थियो । उहाँको उक्त कार्यकाल नेपालका १४ अंचल मध्ये सबैभन्दा उत्कृष्ट रहेको उहाँका समकालिन विद्यार्थी नेता बताउँछन् ।

पन्थी अंचल कमिटीको नेतृत्वदायी भूमिकाले २०४३ सालमा अनेरास्वियुको केन्द्रिय सदस्य पदमा निर्वाचित हुनुभयो ।

लगत्तै २०४४ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफू अध्ययरत त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको स्ववियु उपसभापतिमा भारी मतले निर्वाचित भएर आफ्नो छवि उचो बनाउनु भएको थियो । साथै सोही क्याम्पसको स्ववियु सभापतिमा हालका एमाले उप-महासचिव तथा वैचारिक नेता घनश्याम भुसाल निर्वाचित हुनु भएको थियो ।

देशकै सवैभन्दा ठुलो र पुरानो विद्यार्थी संगठन अनेरास्ववियुको नवौं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्यमा निर्वाचित उहाँ एघारौं राष्ट्रिय सम्मेलन सम्म आईपुग्दा केन्द्रिय कोषाध्यक्षमा निर्वाचित हुनु भएको थियो । उक्त कमिटीको केन्द्रिय अध्यक्षमा एमालेका पूर्व केन्द्रिय सचिव तथा हालका एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेल रहनु भएको थियो ।

विद्यार्थी राजनीतिकै क्रममा भएका आन्दोलनमा पटक-पटक प्रहरी हिरासत रहनु भएका पन्थी पञ्चायतको समयमा उहाँ माथि सांघातिक आक्रमण समेत भयो ।

यसरी एमालेका चर्चित नेता घनश्याम भुसाल, शंकर पोख्रेल लगाएतका नेताहरुसंग विद्यार्थी आन्दोलनमा संगै काम गर्नुभएका पन्थी कपिलवस्तुबाट ५ नम्बर प्रदेशमा ख्याती प्राप्त गरेका चर्चित युवा नेता हुन् ।

विद्यार्थीकाल देखिनै आफनो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सफल हुनुभएका पन्थी नेकपा एमालेको आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय लेखा आयोगका सदस्यमा निर्वाचित हुनु भएको थियो । विद्यार्थी राजनीतिकै समयमा २०३७ सालमा तत्कालिन नेकपा (माले) को सदस्यता लिएका पन्थी २०४२ सालसम्म आउँदा पार्टीको विभिन्न ओहदामा बसेर काम गरेको उहाँसंग अनुभव छ ।

साथै राजनीतिक जिम्मेवारी र उच्च शिक्षा अध्ययनको शिलशिलामा रहेकै बखत २०४७ सालमा नेकपा (एमाले) पाल्पा जिल्ला कमिटी सदस्य, २०४९ सालमा काठमाण्डौं जिल्ला कमिटी सदस्य, २०५२ सालदेखि यता (एमाले) कपिलवस्तुको जिल्ला कमिटीमा रही पटक-पटक जिम्मेवारी निर्वाह गर्नुभयो । साथै नेकपा एमालेको पाँचौ, छैठौं, आठौं र नवौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधी भएका थिए ।

२०५४ को स्थानीय निकायको निर्वाचनमा कपिलवस्तुको वाणगंगा गाविस वडा न. ६ राजपुरबाट वडा अध्यक्षमा निर्वाचित भएर निकै चर्चा बटुल्नु भएको थियो । उहाँले काग्रेस चर्चित नेता आदित्यराज ज्ञवालीलाई पराजय गर्नु भएको थियो । सोहीवर्ष पार्टीले जिल्ला विकास समिति कपिलवस्तुको सभापतिमा पन्थीलाई सिफारिस समेत गरेको थियो । विद्यार्थी र पार्टी भित्रको लोकप्रियतासंगै नेता पन्थी जनता सामुपनि उत्तिकै ख्याती प्राप्त हुनुहुन्छ ।

कपिलवस्तुबासी जनताको काममा स्थानीय देखि केन्द्रसम्मका विकासे अड्डा, मन्त्रालय, संघ-संस्था, वित्तिय संस्था, परियोजना लगाएत राष्ट्रिय तथा अन्तर्राष्ट्रियसम्म पहुँच राख्दै जनताको काममा खट्दै आएको उहाँ बताउँनुहुन्छ । किसान, मजदुर, सुकुम्बासी, दलित, महिलाका सवालमा चासो दिएर सामाजिक सेवामा सदैव तदारुकता देखाउने उहाँमा केही गर्छु भन्ने सोच छ ।

उहाँले सामाजिक तथा वित्तिय संघसंस्था, संचार क्षेत्रको अगुवाई गर्दै पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल अध्यक्ष रहेको अन्तर्राष्ट्रिय बुद्धिष्ट सेन्टरको सदस्य समेत हुनुहुन्छ ।

प्रकाशित मिति : ८ मंसिर २०७४ शुक्रबार ००:००  ३ : ४२ बजे