८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सरकारी बिद्यालयको शैक्षिक पद्धतिमा नयाँ पन ल्याउनु पर्छ : पूर्व सासंद थारु



कपिलवस्तु, १० मंसिर ।
निवर्तमान सांसद तथा एमाले कपिलवस्तुका नेता बिश्राम प्रसाद थारुले शिक्षा क्षेत्रको अहिलेको आबश्यकता प्रबिधिमुलक दक्ष बिद्यार्थिहरु उत्पादन गराउने भएकाले बिद्यालयको शैक्षिक पद्धतिमा केहि नया पन ल्याउनु पर्ने कुरामा जोड दिनुभएको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका ५ कोपवामा रहेको महेन्द्र उच्च माविको ५८ औ बार्षिकउत्सवको अवसरमा प्रमुख अतिथिको आशनबाट बोल्दै उहाले समय सापेक्ष अनुसार सरकारी विद्यालयमा शैक्षिक गुणस्तर बढाउनुपर्नेमा जोड दिनुभयो । भविष्यका कर्णदारको रुपमा लिइने विद्यार्थीको शैक्षिक गुणस्तरका सवालमा गम्भिर बन्न उहाले आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख तारावती चौधरीले महेन्द्र उमावि यस क्षेत्रको इतिहास बोकेको विद्यालय भएको बताउनुभयो । यस विद्यालयले देश निर्माणका योद्धाहरु उत्पादन गरेको भन्दै अहिले पनि इतिहास कायम राख्नुपर्नेमा जोड दिनुभयो ।

बाणगंगा नगरपालिका वडा नंं ५ का वडा अध्यक्ष भिष्मराज भुसालले सरकारी विद्यालयलाई समय सापेक्ष बनाउनुपर्नेमा जोड दिनुभयो । संविधानले माध्यमिक तह सम्म निशुल्क शिक्षा दिनुपर्ने उल्लेख गरेको भन्दै वडा अध्यक्ष भुसालले अब सरकारी विद्यालय प्रतिको आकर्षण बढेर जाने जिकिर गर्नुभयो । कोपवामा अवस्थित महेन्द्र उमावि यस क्षेत्रकै चर्चित र पुरानो विद्यालय रहेको भन्दै इतिहासलाई कायम राख्नुपर्नेमा उहाको पनि जोड थियो ।

बार्षिक उत्सवको अवसरमा विभिन्न अक्षयकोषदाताहरु बाट संकलित ६८ हजार बराबरको रकम वितरण गरिएको थियो । कक्षा १ देखि १२ सम्म अध्यनरत जेहन्दार बिद्यार्थिहरुलाई उक्त छात्राबृत्ति स्वरुप रकम वितरण गरिएको सहायक प्रधानाध्यापक तनुश्री भण्डारीले जानकारी दिनुभयो ।

बिद्यालय व्यबस्थापन समितिका जेष्ठ सदस्य शालीकराम पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रधानाध्यापक कान्ता प्रसाद थारुले बार्षिक शैक्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमकै अवसरमा विद्यार्थीहरुले गीत, नृत्य र नाटक प्रस्तुत गरि शैक्षिक चेतना फैलाउने प्रयास गरेका थिए ।

 

प्रकाशित मिति : १० मंसिर २०७४ आइतबार ००:००  २ : ३८ बजे