१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बामगठबन्धनद्धारा प्रतिबद्धतापत्र सार्वजनिक, दुई लाख युवालाई रोजगारी, बृद्धभत्ता पाँच हजार दिने !



दिपक अनुरागी, कपिलवस्तु, ११ मंसिर ।
केन्द्रिय घोषणापत्र मात्र बोकेर चुनावी अभियानमा निस्किएका उम्मेदवारलाई उछिन्दै बामगठबन्धन कपिलवस्तुले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । जिल्लाको गजेहडामा सोमबार एक बृहत कार्यक्रम आयोजना गरि गठबन्धनले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । कपिलवस्तुमा (एमाले), (माओबादी केन्द्र) र (स्वतन्त्र समुह) विच चुनावी समिकरण भएको छ ।
बामगठबन्धनद्धारा सार्वजनिक गरिएको चुनावी प्रतिबद्धतापत्रमा १२ बुँदा समावेश गरिएको छ । उक्त प्रतिवद्धतापत्रमा भौतिक पूर्वाधार, शिक्षा, स्वाथ्य तथा सरसफाई, कृषि तथा सिंचाई, पर्यटन, रोजगार तथा स्वरोजगार, बन तथा बातावरण, सूचना तथा संचार, सामाजिक सूरक्षा, भाषा तथा संस्कृति लगायतका विषय समेटिएका छन ।
बामगठबन्धनले जिते जेष्ठ नागरिक, एकल महिला तथा अपांगता भएकाहरु र पछाडी परेका जातीहरुको आत्म सम्मान अभिबृद्धि गर्दै सामाजिक सुरक्षा भत्ता बढाएर ५ हजार पु¥याउने उल्लेख छ । यस्तै भौतीक विकास तर्फ ५ वर्षमा मुख्य सबै सडक कालो पत्रे र सहायक सडक ग्राभेल गरि यातायातका साधनहरुको परिचालन गर्न उल्लेख छ । कृष्णनगरमा प्रदेश स्तरकै र चाकरचौडामा जिल्लाको मुख्य सुख्खा बन्दरगाह निमार्ण गर्दै व्यवस्थित भन्सार कार्यालय स्थापना गर्न, मर्यादपुरको भन्सारलाई आधुनिकीकरण र सुब्यवस्थित पार्ने पनि गठबन्धनले प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ । यस्तै जिल्लामा पर्ने हुलाकी सडकलाई ६ लेन वनाउदै सम्पूर्ण कालोपत्रे गर्ने पनि उल्लेख छ । आन्तरीक तथा वाह्य पर्यटकहरुको लागि होटल पार्क लगायत सुविधा सम्पन्न पूर्वाधार विकासको लागि समन्वय गर्ने पनि भनिएको छ ।
बामगठबन्धनको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै संयुक्त वाम गठबन्धन जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक झविलाल पोख्रेलले निर्वाचनमा गरिएका प्रतिबद्धता पुरा गर्ने बताउनुभयो ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ का बामगठबन्धनका उम्मेदवार चक्रपाणी खनाल बलदेवले जनता सामु सार्वजनिक गरेका प्रतिबद्धतालाई अबको ५ बर्ष भित्रमा सबै पुरा गरेर देखाउने बताउनुभयो । जिल्ला भित्रका करिब २ लाख युवालाई रोजगारी दिई अबको ५ बर्ष भित्रमा देशकै नमुना जिल्ला बनाएर देखाउने उम्मेदवार बलदेवले प्रतिबद्धता व्यक्त गर्नुभयो । कांग्रेस पटक पटक सरकारको नेतृत्व गरेर जनता सामु असफल सावित भएको कुरा छर्लङ्ग भएको भन्दै अब बामगठबन्धनलाई जनताले भोट दिएर जिताउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा १ का उम्मेदवार विष्णु पंथीले कांग्रेसले छरेका भ्रमलाई सबै मिलेर चिर्नुपर्ने बताउनुभयो । विगतमा कम्युनिष्टको सरकार आए ६० बर्षमा गोली हानेर मार्छ भन्ने कांग्रेसले अहिले लोकतन्त्र धरापमा पर्ने भयो भनेर भाषण गर्दै हिडेको भन्दैययस्ता अपवाहलाई सबै मिलेर चिर्नुपर्ने कुरामा जोड दिनुभयो । देशमा कम्युनिष्टको सरकार बनिसकेको स्पष्ट पार्दै उहाले अब बृद्धभत्ता बढाएर ५ हजार पु¥याउने घोषणा गर्नुभयो । बामगठबन्धनले जिते अबको एक दुई बर्षमा कपिलवस्तुको मुहार फेरिने उहाको प्रतिबद्धता थियो ।

मानव अधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष पोमनारायण पौडेलको सञ्चालनमा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्रकी नेतृ यमा बन्जाडेको सञ्चालन रहेको थियो । बामगठबन्धनका उम्मेदवार, शिर्ष नेता, पत्रकारहरुको उपस्थिती रहेको कार्यक्रमको प्रत्यक्ष प्रशारण सामुदायिक रेडियो बुद्धआवाज र बुद्धआवाज टेलिभिजनले गरेको थियो । आसन्न मंसिर २१ को निर्वाचन नजिकिदै गइरहेको बेला कपिलवस्तुमा पहिलो पटक बामगठबन्धनले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । अरु पार्टी भने केन्द्रिय घोषणापत्र बोकेर जनता सामु पुगेका छन ।

 

प्रकाशित मिति : ११ मंसिर २०७४ सोमबार ००:००  १० : ०३ बजे