८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नागरिक केन्द्रीत भएर पत्रकारीता गर्न आग्रह



कपिलबस्तु, १३ मङ्सिर ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबीन्द आचार्यले पत्रकारहरुलाई नागरिक केन्द्रीत भएर पत्रकारीता गर्न आग्रह गर्नुभएको छ । उहाले नेपाल पत्रकार महासँघ कपिलबस्तुले आयोजना गरेको नागरिकको नजरमा मिडिया सार्बजनिक सुनुवाई कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाले पत्रकारको कलम राष्ट्र र जनताको हितको पक्षमा चल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा निबर्तमान साँसद बलराम अधिकारीले मिडियाले मुलुकको बर्तमान अबस्था र आबश्यकताको बारेमा सन्देश दिन सकेमा मात्र मिडियाको भुमिका सार्थक हुने बताउनुभयो ।
माओबादी केन्द्रका नेता एवं निबर्तमान साँसद डोर प्रसाद उपाध्यायले पत्रकारिताको एजेन्डा र देशको एजेन्डा एकै भए मात्र देश समृद्धिको दिशा तिर अघि बढ्ने बताउनुभयो । उहाले पत्रकारीता निष्पक्ष मात्र नभई सर्बपक्षिय हुनुपर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, ईलाका प्रहरि कार्यालय पिपराका प्रमुख राजु कार्की, सँयुक्त बाम गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक डम्बर शर्मा, सह संयोजक कमल चुदालि, कपिलबस्तु उद्योग बाणिज्य संघका अध्यक्ष यज्ञ प्रसाद भट्टराइ, नागरिक अगुवा कृष्ण प्रसाद भट्टराई लगायतले मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले मिडियाले आवाज बिहिनको आवाज बोल्नुका साथै सत्यतथ्य समाचार सम्प्रेशण गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा कपिलबस्तु, रुपन्देहि नवलपरासि लगायत जिल्लाका पत्रकारहरुको उपस्थिति रहेको थियो ।
पत्रकार महासंघ शाखा कपिलबस्तुका अध्यक्ष डिलाराम भुशालको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिब हरि अधिकारीले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : १३ मंसिर २०७४ बुधबार ००:००  ३ : ५२ बजे