७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नयाँ शक्तीका उम्मेदवार लक्षित बम प्रहार



कपिलवस्तु १५ मंसिर ।
आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचन आउन ६ दिन मात्र बाकी रहदा सम्म कुनै अप्रिय घटना नभएको कपिलवस्तुमा आज एक उम्मेदवारको गाडीलाई लक्षित गरी रिमोट बम प्रहार भएको छ ।
शिवराज नगरपालिकाको वडा नम्बर ९ भगवानपुरमा घरदैलो गर्न जादै गर्दा नयाँ शक्ती नेपाल कपिलवस्तुका क्षेत्र नम्बर ३ का उमेदवार ईलियास मुसल्मान चढेको गाडीमाथी बम प्रहार गरिएको थियो ।
बम प्रहाबाट अगाडीको सिसा फुटेपनि अरु ठुलो क्षती नभएको र उम्मेदवार सहितका अन्य कार्यकर्तालाई चोटपटक नलागेको बताईएको छ । बम कस्ले प्रहार गर्यो भन्नेबारे यकिन नभएपनि नेकपा अर्था विप्लव समुहका कार्यकर्ताले गराएको हुनसक्ने प्रहरीको अनुमान छ ।
उम्मेदवार मुसलमान सवार एमएच ४३ ए ८३०० नम्बरको भारतीय जीप माथि बम प्रहार भएको थियो ।
घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक प्रल्हाद अधिकारीले जानकारी दिनु भयो ।

प्रकाशित मिति : १५ मंसिर २०७४ शुक्रबार ००:००  १ : ०८ बजे