१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मध्य रात उम्मेदवारको घरमा बम विस्फोट



मायादेवी अनलाइन, कपिलवस्तु, १६ मंसिर ।
कपिलवस्तुमा शुक्रबार राती संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) प्रतिनिधिसभा १ प्रदेसभा (१) का उम्मेदवार दिनेश जयसवालको घरमा बम विस्फोट भएको छ ।
वाणगंगा नगरपालिका वडा नम्बर १० कोरिया चोकमा अज्ञात समूहले दुई पटक सम्म बम विष्फोट गराएको स्थानीयले बताएका छन । घरमा लक्षित गरि प्रहार गरिएको बमबाट कुनै मानवीय क्षति नभए पनि जस्तापातामा प्वाल परेको उम्मेदवारका दाजु शिवगुलाम कलवारले बताए ।
राती करिब १ बजेको समयमा तीन चार जनाको समुहमा आएका अज्ञात समूहले घर तोडफोड गर्न थाले पछि आफुहरुले रोक्न खोज्दा बम प्रहार गरि भागेको कलवारले दाबी गरे ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक प्रल्हाद अधिकारले उम्मेदवार घरमा विस्फोट गराइएको बम तर्साउनका लागि हुन सक्ने बताए । आफुहरुले उक्त विषयमा अनुसन्धान गरिरहेको उनले जनाए । उम्मेदवार कलवारलाई संघिय समाजबादी फोरम नेपालले प्रदेसभामा सघाएको छ ।
शुक्रबार दिउँसो मात्र शिवराज नगरपालिका ९ भगवानपुरमा नयाँ शक्ति नेपाल पार्टीका प्रतिनिधिसभा ३ का उम्मेदवारलाई लक्षित गरि रिमोट बम प्रहार भएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७४ शनिबार ००:००  ३ : ४२ बजे