७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कक्षा ११ को आंशिक परीक्षाको नजिता सार्वजनिक, ३६ प्रतिशत उत्तीर्ण



काठमाडौं, १८ मंसिर ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले गएको असारमा सञ्चालन भएको आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
परीक्षा दिएकामध्ये ३५ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो वर्ष १ लाख १ हजार ३ सय ७५ विद्यार्थी आंशिक परीक्षामा सामेल भएकोमा ३६ हजार ७४ विद्यार्थी उत्र्तीण भएको बोर्डले जनाएको छ । २१ जना परीक्षार्थीको भने परीक्षा रद्द गरिएको छ ।
परीक्षाको नतिजा थाहा पाउन धधध।mयभ।नयख।लउ लगअन गर्नुपर्ने बोर्डले जनाएको छ । यस्तै ल्भ्द्य टाइप गरेर एक स्पेस दिएर सिम्बोल नम्बर लेखेर १६०१ नम्बरमा एसएमएस गर्न सकिने पनि बोर्डले जनाएको छ ।
नतिजा चित्त नबुझेमा १५ दिनभित्र परीक्षा बोर्डको शाखा कार्यालय वा मुख्य कार्यालय सानोठिमीमा निवेदन दिन सकिने छ ।

प्रकाशित मिति : १८ मंसिर २०७४ सोमबार ००:००  १२ : ४५ बजे