१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

महोत्सवको तेस्रो दिन आज पशुपति शर्मा आउँने



पार्वती पाण्डे, कपिलवस्तु २५ मंसिर ।
“एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशिलता ” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७४ को दोस्रो दिन पनि दर्शकहरुको उत्साहजनक उपस्थिती रहेको थियो ।
महोत्सवमा गायक अर्जुन कौशलले दर्शकहरुलई भरपुर्ण मनोरञ्जन प्रदान गरेका थिए । दुई दिन सम्म चलेको महोत्सवमा करिब २२ हजार दर्शकले मेला अवलोकन गरेको र ५० लाखको आर्थिक कारोवार भएको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले जानकारी दिनु भयो । आज लोकदोहरी गायक पशुपति शर्मा र ऋतु थापा मगरको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
वाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा भगवान गौतम वुद्धको गृह जिल्ला बाणगंगा नगरपालिका स्थित वुद्ध रंगशाला ४ नं जितपुरमा शुरु भएको महोत्सव पौष ५ गते सम्म चल्ने छ ।

प्रकाशित मिति : २५ मंसिर २०७४ सोमबार ००:००  ३ : २२ बजे