१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

सातौं दिनमा निरुता बाहिरिइन



कपिलवस्तु, १ पुष ।
“एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशिलता” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७४ मा सातौं कपिलवस्तु डान्स आइडल रोचक बन्दै गएको छ । शुक्रवार भएको प्रतिष्पर्धामा निरुता कुवँर बाहिरिएकी छन । शनिवार मोनिका हमाल, सुजन परियार, सनिला कार्कि, दिव्या थापा, दिव्यासा सेन, शुसिल सुर्य वंशी, एलिसा सारु, ऐश्वर्या पौडल विच रोचक प्रतिष्पर्धा हुने डान्स आइडल संयोजक अमृत केशीले जानकारी दिनुभयो ।
डान्स आइडलको प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ दोस्रो पुरस्कार ३५ हजार ५ सय ५५ , तेस्रो पुरस्कार २५ हजार ५ सय ५५ र सान्त्वना १० हजार ५ सय ५५ रुपियाँ रहेको संयोजक केशीले बताउनु भयो । आइडलको मुख्य प्रायोजकमा वुद्धभुमि मल्टिटे«डस वाणगंगा नपा ४, सहप्रायोजकमा ए.एस ईलेक्ट्रीकल्स बानपा रहेको छ ।
त्यस्तै डान्स आइडल प्रथम पुरस्कार आर्शिवाद इन्टरप्राइजेज, द्धितीय पुरस्कार मित्रलाल कडेल, तृतिय पुरस्कार हिलवर्ट इङलिस बोडिङ स्कुल बानपा र सान्त्वना पुरस्कारमा श्रेष्ठ टेलरिङ बानपा १ र ४ रहेको आयोजकले जनाएको छ । डान्स आइडल विजेताको लागि ६० प्रतिशत जनताको भोट र ४० प्रतिशत निर्णायकको मुल्यांकनबाट दिइने बताईएको छ ।

 

प्रकाशित मिति : १ पुस २०७४ शनिबार ००:००  २ : ४१ बजे