१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

तीन पूर्वविद्यार्थी एकैपल्ट बने सांसद



जाजरकोट, १ पुस ।
भेरी नगरपालिका १ कालेगाउँका शक्तिबहादुर बस्नेत त्रिभुवन मावि खलंगाका पूर्व्विद्यार्थी हुन् । बस्नेतले त्यहाँबाट २०४३ का एसएलसी गरेका थिए । उनले सोही विद्यालयमा ७ वर्षसम्म अध्ययन गरे ।

त्रिवेणी नलगाड नगरपालिका ५ ऐरारीका गणेशप्रसाद सिंह मावि खलंगाकै पूर्व्विद्यार्थी हुन् । मावि खलंगामा ६ वर्षसम्म अध्ययन गरेका सिंह २०४० का एसएलसी उत्तीर्ण हुन् ।

त्यस्तै शिवालय गाउँपालिका ७ भिउसका करवीर शाही पनि त्रिभुवन मावि खलंगाका पूर्व्विद्यार्थी हुन् । २०४२ मा उक्त विद्यालयमा प्रवेश गरेका शाहीले २०४५ मा एसएलसी उत्तीर्ण गरेका थिए ।

मावि खलंगाका पूर्व्विद्यार्थी बस्नेत, सिंह र शाहीलाई २०७४ को निर्वाचनबाट एकैपटक सांसद बन्ने संयोग नै जुट्यो । कांग्रेसका उम्मेदवारलाई पछि पार्दै वाम गठबन्धनबाट उनीहरू सांसद निर्वा्चित भए । पूर्वगृहमन्त्रीसमेत रहेका बस्नेत प्रतिनिधिसभा, सिंह प्रदेशसभा ‘क’ र शाही प्रदेशसभा ‘ख’ बाट सांसद निर्वा्चित बनेका हुन् । दोस्रो पटक सांसद बनेका बस्नेत माओवादी केन्द्रका स्थायी समिति सदस्य हुन् । सिंह माओवादी केन्द्रकै पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज हुन् भने शाही एमालेका जिल्ला अध्यक्ष हुन् ।

जाजरकोटका लागि एउटै विद्यालयका तीन पूर्व्विद्यार्थी एकैसाथ सांसद निर्वा्चित भएको पहिलो उदाहरण पनि हो । आजको कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति : १ पुस २०७४ शनिबार ००:००  ३ : १३ बजे