८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

शैक्षिक चेतनाले मात्र वालविवाह अन्त्य हुने – पाण्डे



कपिलवस्तु, २ पुस ।
शैक्षिक चेतनाले मात्र वालविवाह अन्त्य हुने सञ्चारीका समुहका अध्यक्ष एवं वुद्धदर्पण दैनिकका कार्यकारी सम्पादक पार्वती पाण्डेले बताउनु भएको छ । वालविवाह मुक्त अभियानका लागि वडास्तरिय सरोकारवाला सँग शनिवार सौराहामा राखिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै पाण्डेले यस्तो बताउनु भएको हो ।
अशिक्षाका कारण नै वालविवाह हुने गरेको भन्दै राज्यले शिक्षामा विशेष जोड दिनु पर्ने जनाउनु भयो । कपिलवस्तु नगरपालिका वडा नं १२ लाई अव केहि दिनमै वालविवाह मुक्त घोषणा गर्ने तैयारी भैरहेको साथी संस्था अन्तरगत आस्था परियोजनाका संयोजक खग प्रसाद चापागाईले बताउनुभयो ।
वडा सदस्य जयजयराम यादवको अध्यक्षता, राजेश कुमार मिश्रको सञ्चालनमा भएको कार्यक्रममा पुरुष सहयात्री समुहका परामर्शदाता जितेन्द्र मिश्र, नगरस्तरिय वालसञ्जालका अध्यक्ष मोहमद इरफान लगायतले बोल्नु भएको थियो । साथी संस्था आस्था परियोजनाको आयोजनामा भएको कार्यक्रममा सरोकारवालाले उक्त वडालाई वालविवाह मुक्त गर्नलाई ५ वुदे प्रतिवद्धतामा हस्ताक्षर गरेका छन ।

प्रकाशित मिति : २ पुस २०७४ आइतबार ००:००  २ : ४० बजे