१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नवौं दिनमा दिव्यासा बाहिरिइन



पार्वती पाण्डे, कपिलवस्तु, पुस ।
“एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशिलता” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७४ मा सातौं कपिलवस्तु डान्स आइडिएल रोचक बन्दै गएको छ । आइतवार भएको प्रतिष्पर्धामा दिव्यासा सेन बाहिरिएकी छन ।
सोमवार मोनिका हमाल, सनिला कार्कि, दिव्या थापा, शुसिल सुर्य वंशी, एलिसा सारु, ऐश्वर्या पौडल विच रोचक प्रतिष्पर्धा हुने डान्स आइडल संयोजक अमृत केशीले जानकारी दिनुभयो । डान्स आइडलको प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ दोस्रो पुरस्कार ३५ हजार ५ सय ५५, तेस्रो पुरस्कार २५ हजार ५ सय ५५ र सान्त्वना १० हजार ५ सय ५५ रुपियाँ रहेको संयोजक केशीले बताउनु भयो ।
आइडिएलको मुख्य प्रायोजकमा वुद्धभुमि मल्टिटे«डस वाणगंगा नपा ४, सहप्रायोजकमा ए.एस ईलेक्ट्रीकल्स बानपा रहेको छ । त्यस्तै डान्स आइडल प्रथम पुरस्कार आर्शिवाद इन्टरप्राइजेज, द्धितीय पुरस्कार मित्रलाल कडेल, तृतिय पुरस्कार हिलवर्ट इङलिस बोडिङ स्कुल बानपा र सान्त्वना पुरस्कारमा श्रेष्ठ टेलरिङ बानपा १ र ४ रहेको आयोजकले जनाएको छ ।
डान्स आइडल विजेताको लागि ६० प्रतिशत जनताको भोट र ४० प्रतिशत निर्णायकको मुल्यांकनबाट दिइने बताईएको छ ।

प्रकाशित मिति : ३ पुस २०७४ सोमबार ००:००  १ : २८ बजे