१४ माघ २०७९, शनिबार | Sat Jan 28 2023

एघारौँ दिनमा स्टेज छोड्दा ग्वाँ ग्वाँ रोए शुसील (भिडियो सहित)



मायादेवी अनलाइन, कपिलवस्तु ।
“एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशिलता” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७४ मा सातौं कपिलवस्तु डान्स आइडिएल रोचक बन्दै गएको छ । मंगलवार भएको प्रतिष्पर्धाबाट सुशिल सुर्य वंशी बाहिरिएका छन । डान्स आइडिएल भर दर्शकको सर्वाधिक माया पाएका शुसील अन्तिम समयमा आएर बाहिरिएका हुन । महोत्सवको दशौ दिनमा उनलाई कम भोट खसेकै कारण मञ्च छोड्न बाध्य भएका हुन । मञ्चबाट शुसील बाहिरीएको उद्घोषकले घोषणा गरे लगत्तै उनले आँशु थाम्न सकेनन । मञ्चमै ग्वाँ ग्वाँ डाँको छाडेर उनी रोएका थिए ।
महोत्सवको बुधवार अन्तिम दिन डान्स आइडलको उपाधि कस्ले जित्ने हो सबैमा कौतुशलता बढेको छ । मङ्गलबार खसेको मतको आधारमा डान्स आइडलको उपाधि चुम्ने अवसर प्रतियोगीलाई मिल्नेछ । उपाधिको लागि बुधबार (आज) मोनिका हमाल, दिव्या थापा, एलिसा सारु, ऐश्वर्या पौडल विच रोचक प्रतिष्पर्धा हुने डान्स आइडल संयोजक अमृत केशीले जानकारी दिनु भयो ।
विजेतालाई पुरस्कार कति छ ?

डान्स आइडिएलको प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ दोस्रो पुरस्कार ३५ हजार ५ सय ५५, तेस्रो पुरस्कार २५ हजार ५ सय ५५ र सान्त्वना १० हजार ५ सय ५५ रुपियाँ रहेको छ ।
मुख्य प्रायोजक को को छन ?

आइडिएलको मुख्य प्रायोजकमा वुद्धभुमि मल्टिटे«डस वाणगंगा नपा ४, सहप्रायोजकमा ए.एस ईलेक्ट्रीकल्स बानपा रहेको छ ।
त्यस्तै डान्स आइडल प्रथम पुरस्कार आर्शिवाद इन्टरप्राइजेज , द्धितीय पुरस्कार मित्रलाल कडेल, तृतिय पुरस्कार हिलवर्ट इङलिस बोडिङ स्कुल बानपा र सान्त्वना पुरस्कारमा श्रेष्ठ टेलरिङ बानपा १ र ४ रहेको आयोजकले जनाएको छ ।

https://www.youtube.com/watch?v=6A4JCYITNS0&feature=youtu.be

प्रकाशित मिति : ५ पुस २०७४ बुधबार ००:००  ३ : १८ बजे