५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पकडीलाई चैत १५ भित्रै खुला दिसा मुक्त हुने



थानेश्वर अधिकारी, १४ पुस ।
मायादेवी गाउँपालिका र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रम दोस्रो चरणको सहयोग तथा पकडी वडा कार्यालयको आयोजनामा वडा स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका लागी १ दिवसिय पुर्ण सरसफाई सम्बन्धि तालिम पकडीमा सम्पन्न भएको छ ।
मायादेवी गाउँपालिकाको सदरमुकाम पकडीका सबै घरधुरीमा शौचालय निर्माण गरी सो वडालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने उद्देश्यले आयोजना गरिएको सो तालिममा सरसफाईको अवस्था, वडा स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको भुमिका, खुला दिसा मुक्त तथा पुर्ण सरसफाईका सुचक, फोहोर व्यवस्थापन, पानी शुद्धिकरण र आगामी कार्ययोजनाका सम्बन्धमा मायादेवी गाउँपालिकाका वास संयोजक थानेश्वर अधिकारी, वास सहजकर्ता श्याम बिश्वकर्मा र रिषिराम पाण्डेले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमका सहभागीहरुले मायादेवी गाउँपालिका १ नं वडा पकडीलाई सबै जनाको सक्रियतामा बाँकी रहेका सबै घरधुरीमा शौचालय निर्माण गरी आगामी चैत १५ भित्र खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
कार्यक्रम वडा अध्यक्ष हरिगोविन्द चौधरीको अध्यक्षता, मायादेवी गाउँपालिकाकी उपाध्यक्ष गीता तिवारीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको संचालन वास संयोजक थानेश्वर अधिकारीले गर्नुभएको थियो ।

प्रकाशित मिति : १४ पुस २०७४ शुक्रबार ००:००  १ : ३१ बजे