२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

सहज सहकारीमा पुनः खड्का



सीताराम चौधरी, चन्द्रौटा, १४ पुस ।
कपिलवस्तुको शिवराज नगरपालिका ५, चन्द्रौटास्थित सहज बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पुनः दीपक खडकाको नेतृत्वमा नयाँ संचालक समिति सर्वसम्मत चयन भएको छ ।
सहकारीको विहीबार सम्पन्न दशौं साधारणसभा तथा पाँचौं अधिवेशनले खड्का अध्यक्ष रहेको ७ सदस्यीय नयाँ नेतृत्व गठन गरिएको हो । जसको उपाध्यक्षमा सीता थापा, सचिवमा राधा सिंजाली, कोषाध्यक्षमा चन्द्रिका वि.क. तथा सदस्यहरुमा प्रेमकुमारी कँडेल, आशा चौधरी र तुलसा बुढाथोकी निर्वाचित भएका छन् ।
अधिवेशनले लिलामणि पौडेलको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ । जसको सदस्यमा टुकप्रसाद अर्याल र चित्रकला बलामी रहेका छन् ।
सहकारीको उद्घाटन सत्रमा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले पछिल्लो समय सहकारीप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको बताएका छन् । सहकारी संस्था बचत र ऋण कारोबारमा मात्र सीमित नभई अन्य सामाजिक क्षेत्रमा समेत अग्रसर हुनुपर्ने जिकिर गरे । सहकारिताबाट नै सर्वसाधारणले वचत गर्ने बानीको विकास भएको औल्याए । साथै नगरप्रमुख अधिकारीले सहकारीमार्फत सर्वसाधारणको जीवनस्तरमा समेत सुधार आएको उदृत गरे ।
नगरपालिका मार्फत पनि सहकारी प्रवद्र्धन र सहकारी तालिम लगायतको विषयमा सहयोग पु¥याउने प्रतिबद्धता जाहेर गरे ।
यसैगरी कार्यक्रममा नगर उपप्रमुख शिवकुमारी थारुले नगरबासीहरुको भरपर्दा माध्यम नै सहकारी भएको उल्लेख गर्दै नगरभित्रका सहकारी व्यवस्थित हुन सुझाव दिइन् । कपिलवस्तु सहकारीका पूर्व अध्यक्ष उमेश पौडेलले सहकारीको नीति नियमबारे प्रकाश पार्दै सहकारीलाई व्यवस्थित रुपमा अगाडि बढाउन सबै संगठित रुपमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा लेखा संयोजक लिलामणि पौडेलले २ करोड ३ लाख ९८ हजार ५४२ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेका थिए । कार्यक्रममा अध्यक्ष दीपक खडकाले आगामी योजना प्रस्तुत गरेका थिए । कार्यक्रमको अवसरमा पूर्व अध्यक्षहरु, सबैभन्दा बढी शेयर जम्मा गर्ने र सबैभन्दा बढी बचत गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो । यसैगरी असहाय बालबालिका, उत्कृष्ट बाल बचत गर्ने बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो । भने सहकारीमा आबद्ध ५१ समूहका अध्यक्षहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १४ पुस २०७४ शुक्रबार ००:००  २ : २१ बजे