१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

३ पटक म्याद थप गर्दा समेत बनेन स्वास्थ्य चौकी



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बैदौली स्वास्थ्य संस्थाको भवन बनाउन ३ पटक म्याद थप गर्दा समेत निर्माण कार्य अझै सम्पन्न नभएको भन्दै स्थानीयबासी तथा स्वास्थ्यकर्मीहरु आक्रोशित बनेका छन् ।
सो स्वास्थ्य केन्द्रमा आउने विरामीले समेत सास्ती भोग्नु परेको छ । भवन निर्माण सम्पन्न गर्न तोकिएको समय बाहेक डेढ बर्ष नाघिसक्दा समेत भवन निर्माण अलपत्र छ । यशोधरा गाँउपालिका ५ बैदौली स्थित स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न नगरी त्यसै छाडिएको छ ।

भवन भित्र झ्याल ढोका राखिएको छैन भने खानेपानी र शौचालय निर्माण गरिएको छैन । भवन निर्माणका लागी २०७२ असार २९ देखी काम शुरु गरिएको भएको थियो । शहरी बिकास मन्त्रालय अन्र्तगत शहरी बिकास डिभिजन भैरहवाले श्री अर्घाखाँची÷तपेश्वरी जेभीलाई १ करोड ७६ लाख ८६ हजार २ सय २३ रुपैयामा ठेक्का दिएको थियो ।

ठेकेदारले २०७३ असोज २८ गते निर्माण पुरा गर्ने गरि सम्झौता गरिएको थियो । ठेकेदारको लापरवाहीले तोकिएको समयमा भवन निर्मा सम्पन्न नभएपछि पटक पटक म्याद थपिएको थियो ।

निर्माण व्यवसायीले समयमै निर्माण कार्य पुरा नगर्दा आफुहरुले सास्ती भोग्नु परेको सेवाग्राहीले गुनासो गर्नुभयोे । भवनमा शौचालय र खानेपानी जस्ता आवश्यकिय भौतिक संरचना नबनाई दिदा सेवाग्राही समस्यामा पर्ने गरेका छन ।

स्वास्थ्य चौकीमा आउने सेवाग्राहीलाई शौचालय र खानेपानीको उपलब्धता नहुदाँ समस्या परेको यशोधरा ३ बसन्तपुरका भानमती चाईले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर सञ्चालनका लागी प्राविधिक तथा स्वास्थ्कर्मी खटिएपनि भवनकै कारण समस्या देखिएको छ । ३ जना, ल्याबका लागी १ जना गरि कुल ११ कर्मचारी छन तर सेवा प्रवाहको कार्य प्रभावित बनेको छ ।

शौचालय र खानेपानीको प्रबन्ध नहुदाँ बर्थिङ्ग सेन्टर सञ्चालनको कार्य प्रभावित बनेको छ । आफुहरु एक साताकै अबधी भित्र बर्थिङ्ग सेन्टर र सुबिधा सम्पन्न ल्याब सञ्चालनको तयारीमा रहेको भए पनि शौचालय र खानेपानीको व्यवस्था नहुदाँ योजना प्रभावित भएको स्वास्थ्य चौकीका सिनियर अहेब बिरेन्द्र मिश्राले जानकारी दिनुभयो ।

शहरी बिकास डिभिजन भैरहवाले समयमै रकम निकासा नदिदा निर्माण कार्य सम्पन्न गर्न नसकिएको ठेकेदार तपेश्वरी कहाँरले जानकारी दिनुभयो । “थपिएको म्याद अनुसार माघ सम्म समय सिमा पाएका छौ ।

सो बिषयमा प्रतिक्रिया लिदा शहरी बिकास डिभिजन भैरहवाका प्रमुख शुरेस ठाकुरले समयमै रकम निकासा नदिईएको भन्ने बिषयमा सत्यता नभएको बताउनुभयो ।

प्रकाशित मिति : १८ माघ २०७४ बिहिबार ००:००  ६ : ०३ बजे