२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

विजयनगरमा भब्यताका साथ श्रमिक महिला दिवस मनाइयो



गीता पौडेल, विजयनगर ।
“आर्थीक सशक्तिकरण सहित सामाजिक जागरण, ग्रामिण तथा शहरी महिलाको जिवनस्तरको रुपान्तरण” भन्ने मुल नारा सहित बिजयनगर गाउँपालिकाको आयोजनामा ज्ञानपुन्ज महिला बिकास बचत तथा रिण सहकारी संस्था लगायतका संस्थाको संयुक्त आयोजनामा बृहत र्यालि सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
श्रमिक महिला दिवशको अबसरमा बोल्दै महिला मान अधिकार रक्षक संजालका अध्यक्ष मिना परिवारले अब ३३ प्रतिशत मात्रै हैन ५१ प्रतिशत अधिकार पारप्त गर्न गाउं तहबाटै अभियानलाई जुजारुकताका साथ अगाडी बढाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै बिजयनगर गाउंपालिका अध्यक्ष गोपाल थापाले आफैबाट परिवर्तन गर्न अग्रसरका लागि सकरात्मक सोंचका साथ अंगाडि बढनु पर्ने बताउंदै घर परिवार बाटै आमा, छोरी, सासु बुहारी, नन्दभाउजु सबै संगठित हुनुपर्ने बताउंदै आफैबाट सोंच बदल्न सके महिला हिंसा कम हुने बताउनुभयो ।
विजयनगर गाउपालिका उपाध्यक्ष लक्ष्मि चौधरीले १०८ औं अन्तराटिय श्रमिक महिला दिवशको अबसरमा अबशरमा भएको कार्यक्रममा गाउपालिका स्तरको महिला संजाल गठन भएको बताउंदै अब यहि संजाल मार्फत महिलाहरुको पक्षमा महिला हिंसा बिरुद्ध कार्यक्रम संचालन गर्ने त्यसका लागि आफनो सहयोग रहने बताउनु भयो ।
कार्यक्रममा सहभागि सिता बराल, समिता घर्तीमगर, कलावती कोरी, अग्नी सापकोटा, गाउँपालिका महिला तथा बालबालिका प्रमुख सारदा शर्मा, दुधाधारी माबिका अध्यक्ष राम प्रघट कोरी, बिद्यालयका प्रअ सुमित्रा अधिकारी लगायतले मनतब्य राख्नु भएको थियो ।
कार्यक्रममा विजयनगर गाउपालिका भित्र रहेका सम्पुण बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधी, इन्द्रेणी ग्रामिण बिकास केन्द्रका प्रतिनिधि, महिला स्यंसेबिका, महिला संजाल, युवा क्लब, बिद्यालय लगायतका संस्थाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७४ शुक्रबार ००:००  ३ : ५९ बजे