८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

श्रीनिवास चौधरीले सांगेतिक दुनिँयामा चर्चा कमाउँदै



राम अवतार चौधरी, कपिलवस्तु ।
बिगत एक दशक देखि पत्रकारितासँगै सांगीतिक क्षेत्रमा लागेका सञ्चारकर्मी तथा अग्रज चर्चित राष्ट्रिय गायक श्री निवास चौधरीको लक्ष्यलाई पछ्याउँदै अहिले कपिलवस्तुमा एक पछि अर्को सिंढी थप्पिने क्रम जस्तै नयाँ गायक एवं कलाकारहरु जन्मिदै छन् ।
करिब १० बर्ष अघि सञ्चारकर्मी तथा गायक चौधरीले बुट्वलको तिनाउ एफ एममा लाइभ थारु सिङगिङ आइडल सुरु गरे पछि रुपन्देही र कपिलवस्तुमा थुप्रै कलाकारहरु जन्माएका थिए । त्यसैगरी थारु गायक गायिका जन्माउनकै लागि २र३ पटक माघी महोत्सवहरुमा पुनः थारु सिङगिङ आइडलको आयोजना गरियो र कलाकारहरुलाई झन उर्जा पैदा भयो । फल्स्वरुप आज खेम चौधरी, सिमान्त चौधरी र आशा थारु लगायत अझै नयाँ कलाकारहरु कपिलवस्तुबाटै जन्मि रहेका छन् ।
उहाँहरुको सफलता देखेर आज बिगत एक दशक देखि पत्रकारिता र सांगीतिक क्षेत्रमा लागेका अर्का होन्हार गायक श्याम सि.टि. लामो समय पछि पुनः नयाँ गित लिएर आउँदै छन्, बसन्ती चौधरी र श्याम सि. टि. को आवाजमा रहेको (तोहार झुलनी मे) बोलको गीत, त्यसैगरी एकदमै मिठो स्वरका धनी गायक रन्जित थारुले एकदमै समधुर सांगीतिक आवाजमा सजिएको (दिल कहे बार(बार) बोलको नयाँ गीत बजारमा लिएर आएक छन् । जसको म्युजिक भिडियो भर्खर मात्र बजारमा आएको हो । उक्त गीतको भिडियोमा सावन मर्चाहा थारुको शब्द रसङ्गीत रहेको छ, भने गणेश चौधरीको सङ्गीत संयोजन रहेको छ र उक्त गीतमा चन्द्र चौधरी र सुनिता दहित(चौधरी)को दमदार अभिनय रहेको छ, जसमा बिबस चौधरीले निर्देशन गरेका छन् ।
त्यसैगरी नयाँ कलाकारको रुपमा परिचित हुँदैछन् नव गायक उत्तम चौधरी जसले भर्खर मात्र आफ्नै शब्द र स्वर तथा श्री निवास चौधरीको संगीतमा रहेको सांगीतिक सुमधुर आवाज (दिल करे लागल धक(धक) बोलको गीत बजारमा ल्याउने तयारीमा जुटेको बताउँदै मेरो पहिलो सांगीतिक यात्रामा आफ्नै घरपरिवार लगायत विशेषगरी गायक श्री निवास चौधरीको सहयोग रहेको उत्तम चौधरीले बताए । आफ्नो आर्थिक अवस्था कमजोर रहेकोले सो गीत उत्पादन गर्न निकै समय लागेको पनि उनैले बताए । त्यसैगरी अर्को (तोहार ओठवाके लाली रस चुवेला) बोलको गीतबाट चर्चा कमाएक अर्काे गायक करिब १० बर्षको अन्तराल पछि पुनः आगमन गर्दैछ्न् तुल्सी चौधरी जुन अहिले नयाँ गीत रेकर्डिङको तयारीमा जुटेका छन् ।
यस हिसाबले पक्कै पनि अबको दिनहरूमा उक्त कलाकारहरुले कपिलवस्तु जिल्लालाई चिनाउनको लागि निकै ठूलो भुमिका खेल्ने गरि कलाकारिताको क्षेत्रलाई विकास गर्नेछन् । जसलाई चिनाउन र विकास गर्नका लागि थारु आगुवा, पत्रकार र साहित्यकार लगायत समाज सेवीहरुले पनि कलाकारहरुलाई अगाडि बढाउन आ(आफ्नो ठाउँबाट अहम भुमिका खेल्ने विश्वास गरिएको समेत सञ्चारकर्मी तथा गायक चौधरीले बताउनुभयो ।

प्रकाशित मिति : ५ असार २०७५ मंगलबार ००:००  ४ : ०२ बजे