१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मासिक एकसयमै नर्सरी देखि नर्सिङ्ग कलेजसम्म


१९ भाद्र २०७५ मंगलबार ००:००  

0
Shares

बाबुराम रायमाझी, कपिलवस्तु ।
समता फाउण्डेशनका निर्देशक दिपक संजेलले सवैको शिक्षामा पहुँच पु¥याउन देशैभर समता स्कुल संचालन गरिएको बताउनुभयो । उहाँले समता स्कुलले बालबालिकाको गुणस्तरीय शिक्षा र शिक्षामा सर्वसुलभ पहुँच पु¥याउन मासिक एक सय रुपैयाको अवधारणामा शिक्षा प्रदान गर्न सफल भएको जानकारी दिनुभयो । समता स्कुल वाणगंगा कपिलवस्तुले आयोजना गरेको अभिभावक भेला तथा अन्तरकृया कार्यक्रममा बोल्दै निर्देशक संजेलले ७७ जिल्लामा ४० हजार भन्दा बढि विद्यार्थीले समता स्कुलबाट गुणस्तरीय शिक्षा लिइरहेको बताउनुभयो । उहाँले १८ वर्षको समता फाउण्डेशनले संचालन गरेको समता स्कुलको एकसय रुपैयामा शिक्षा दिने अभियान सफल भएको बताउदै आगामी दिनमा नर्सिङ्ग कलेज समेत संचालन गरिने बताउनुभयो । सोही अवसरमा मासिक एकसय रुपैयामा नर्सरीदेखि डिग्रीसम्म कक्षा संचालन गर्दै आएको समता फाउण्डेशनले एकसय रुपैयमा पनि अस्पताल सेवा संचालन गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा समता फाउण्डेशनका प्रशासन प्रमुख सुदर्शन पौडेलले समता स्कुलमा अभिभावकले आफनो जिम्मेवारी निर्वाह गर्दै बालबालिकाको शैक्षिक वातावरणमा विशेष जोड दिन आग्रह गर्नुभयो । कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले समता स्कुलको प्रगति प्रति खुशी व्यक्त गर्दै नगरपालिकाबाट स्कुललाई सहयोग पु¥याउने बताउनुभयो । कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्य, नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव हरि अधिकारी, पत्रकार बाबुराम रायमाझी, अभिभावक विनोदराज पन्त, हरि भण्डारी लगाएतले समता स्कुलको कार्यक्रमको प्रंशसा गरेका थिए ।
भेलामा ससाना बालबालिकाले सँस्कृति झल्कने पोषाकमा विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा समता स्कुल प्रदेश ५ का अध्यक्ष अमृत घिमिरेले स्थानीय स्तरमा अभिभावक तथा सरोकारवालाको सहयोगले स्कुल संचालनमा धेरै मद्दत पुगेको बताउनुभयो । कार्यक्रम समता स्कुल व्यवस्थापन समिति प्रदेश ५ का अध्यक्ष अमृत घिमिरेको संचालन तथा प्रिन्सिपल सरिता खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो । हाल समता स्कुल वाणगंगामा कक्षा २ सम्म एकसय ३० विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७५ मंगलबार ००:००  १ : २७ बजे