७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

ठाडामा हुने वृहत खुला तिज गीत प्रतियोगिताको उद्घाटन रायमाझीले गर्ने



गणेश बेल्वासे, अर्घाखाँची ।

अर्घाखाँचीको शितगंगा नगरपालिका ठाडामा भदौ २३ गते वृहत खुला तिज गीत प्रतियोगिता हुने भएको छ ।

अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ क्रान्तिकारी शितगंगा नगर कमिटीको संयुक्त आयोजनामा हुने प्रतियोगिताको उद्घाटन पूर्व उप(प्रधानमन्त्री एवम् प्रतिनिधी सभाका मानिनय संसद  टोप बहादुर रायमाझीले गर्ने कार्यक्रम रहेको वडा(९ का वडा अध्यक्ष भिम बहादुर केसीले जानकारी दिनुभयो ।

साथै सोही कार्यक्रममा अर्घाखांची जिल्लाबाट प्रवेश सभामा प्रतिनिधित्व गर्ने संसद लगाएत विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिती रहने वडा अध्यक्ष केसीले जानकारी दिनुभयो । उक्त प्रतियोगिता सहितको कार्यक्रममा विभिन्न महिला तथा आमा समूह, संघ(संस्था, क्लबहरूले भाग लिन पाउने छन् ।

महिला सशक्तिकरणमा स्थानीय तहको भूमिका शिर्षकमा मौलिक तिज गित प्रस्तुत गर्नु पर्ने बताईएको छ । हिन्दु नारीहरुको महान पर्व हरीतालिका तिजको अवसर पारेर यो कार्यक्रम आयोजना गर्न लागिएको हो  । साथै स्थानिय कला तथा गलालाई सम्मान गर्ने उद्देश्यले हुने प्रतियोगितामा सम्पुर्ण महिला तथा आमा समूह, संघ(संस्था, क्लव तथा समुहहरुलाई कार्यक्रममा सहभागीताको लागि आयोजकले आग्रह गरेको छ ।

प्रतियोगितामा नगद पुरस्कारका साथै सहभागी समूहलाई यातायातको खर्च समेत उपलब्ध गराईने आयोजकले बताएको छ ।

प्रकाशित मिति : २१ भदौ २०७५ बिहिबार ००:००  २ : ४४ बजे