६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

अभिनेता शाहिद कपूर दोस्रो सन्तानका पिता



एजेन्सी ।
बलिउड अभिनेता शाहिद कपूर दोस्रो सन्तानका पिता भएका छन् । शाहिदकी पत्नी मीरा राजपूतले बुधबार राति ११ बजे छोरालाई जन्म दिएकी छिन् । यस अघि शाहिद र मीराको २६ अगष्ट २०१६ मा छोरी जन्मेकी थिइन् । उनीहरुले छोरीको नाम शाहिद र मिरा नामको पहिलो अक्षरबाट मिशा राखेका थिए ।
केही दिन अघि एक अन्तर्वार्तामा मीराले छोरीको नाम पति शाहिदले राखेको बताएकी थिइन् । त्यसैले यस पटक दोस्रो सन्तानको नाम आफूले निर्धारण गर्ने बताएकी थिइन् ।
अभिनेता शाहिदकी २३ वर्षीया पत्नी मीरा पनि बलिउड करियर सुरु गर्न चाहन्छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार मिरा आफ्ना २ सन्तान हुर्काएर छिट्टै नै बलिउड फिल्ममा अभिनय गर्ने तयारीमा छिन् । मिराले केही दिन अघि गर्भावस्तामै एक कमर्सियल विज्ञापन गरेकी थिइन् ।

सामाजिक संजालमा बलिउड कलाकारहरुले शाहिद र मीरालाई बधाई तथा शुभकामना दिइरहेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७५ बिहिबार ००:००  ७ : २८ बजे