६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

शिक्षक संगठनले संचालन ग¥यो निशुल्क तयारी कक्षा



उज्ज्वल अधिकारी, कपिलवस्तु ।
नेपाल राष्ट्रिय शिक्षक संगठन कपिलवस्तुले दुई दिने निशुल्क शिक्षक सेवा आयोग तयारी कक्षा संचालन गरेको छ । आसन्न शिक्षक सेवा आयोगको परीक्षा लाइ लक्षित गरी संगठनले आज र भोली गरी कक्षा संचालन गर्ने भएको छ ।

चन्द्रौटा स्थित राष्ट्रिय मा वि चन्द्रौटामा तयारी कक्षाको उद्घाटन गर्दै नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलले संगठनको प्रयासको प्रशंसा गर्नुभयो । अध्यक्ष पोखरेलले सामाजिक रुपान्तरण र अग्रगमनमा शिक्षकको भुमिका महत्वर्पुण रहदै आएको औंल्याउदै सहभागी शिक्षकहरुलाइ शुभकामना व्यक्त गर्नुभयो ।

त्यस्तै नेपाल राष्ट्रिय शिक्षक ‘संगठनका जिल्ला अध्यक्ष रमेश पन्थीले कार्यक्रमको औचित्य माथी प्रकाश पार्नु भएको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठन शिवराज नगरका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संगठनका राष्ट्रिय प्रतिनिधी गोर्कण पोखरेलले गर्नुभएको थियो ।

आज संचालिन भएका विषयगत कक्षा अन्र्तगत अंग्रेजी विषय सिद्घार्थ क्याम्पसका उपप्रध्यापक गोविन्द खनाल, गणित विषय जनता मा वि का प्रध्यानाध्यापक रमेश पन्थी, विज्ञान विषय लक्ष्मी भण्डारी र नेपाली विषय करुणा प्रसाद खनालले सहजीकरण गर्नुभएको थियो । त्यस्तै भोली सबै तहको वस्तुगत प्रश्नको तयारी कक्षा संचालन हुने बताइएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७५ शुक्रबार ००:००  ११ : १६ बजे