१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुमा ३ दिने तिज महोत्सव हुने



माधव बेल्वासे, कपिलवस्तु ।
कपिलवस्तुमा पहिलो पटक तिज महोत्सव हुने भएको छ । शिवराज नगरपालिका १ शिवपुरमा रहेको मनकामना सामुदायिक बन उपभोक्त समुहको आयोजनामा यहि भाद्र २४ गते देखी २६ गते सम्म आयोजना हुन लागेको हो ।
महोत्सवमा तिज गित प्रतियोगीता समेत आयोजना हुने आयोजक समितिले जनाएको छ । समृद्धीको लागि बन विकाश भन्ने नारा सहित आयोजित उक्त महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने वताइएको छ ।
बन विनास भइरहेको वेला बन जोगाएमा देशनै समृद्ध हुुने उद्देश्यले आजको दिनमा वन संरक्षण गर्नुपर्ने कुरालाई नागरिक समक्ष पु्र्याउन महोत्सवले टेवा पुग्ने वताइएको छ । ३ दिने महोत्सवको तयारी अन्तीम चरणमा पुगेको आयोजक समितिका अध्यक्ष राम वहादुर केसीले वताउनुभयो ।
महिलाहरुको महान पर्व हरितालिका तिजको अवशरमा वन समुहहरु विच प्रतियोगीता समेत आयोजना हुने भएको हो । सुरक्षा व्यावस्थापन लगाएत अन्य व्यावस्थापन भइसकेको वताउदै समुहहरु दर्ता भइरहेको अध्यक्ष केसीले वताउनुभयो ।
महोत्सवमा लोक दोहोरी गायक पशुपति शर्मा, प्रिया भण्डारी, दिपक भण्डारी, शिव खनाल, मिसन भुषाल मोडल सुमन पौडेलको प्रस्तुती रहने छ । त्यस्तै तिज गित प्रतियोगीतामा प्रथम हुनेले २० हजार, द्धितिय हुनेले १५ हजार, तृतिय हुनेले १० हजार पुरस्कार पाउने छन । महोत्सव शिवराज नगरपालिका १ शिवपुरमा रहेको मनकामना प्राविको प्राङगणमा हुने छ ।

प्रकाशित मिति : २३ भाद्र २०७५ शनिबार ००:००  १२ : ३३ बजे