६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

कञ्चनमा महिला अधिकार सम्बन्धि तीज गीत प्रतियोगिता



जगिलाल थापा, कञ्चन ।
कञ्चन गाउँपालिका वार्ड नं. ५ अन्तर्गत सम्पुर्ण आमा समुहको आयोजनामा तीज गीत प्रतियोगिता २०७५ प्रतियोगिता वडा नं. ५ को कार्यलय परिसरमा सम्पन्न गरेको छ ।
१२ ओटा आमा समूहको सहभागीता रहेको प्रतियोगितामा आदर्श महिला समूह प्रथम, शान्तीशिल आमा समूह द्वितीय, जनचेतना आमा समूह तेश्रो र मालिका आमा समूह र मायादेवी महिला समूह सान्त्वना भएका छन् ।
पिपरीचापा महिला सामुदायिक बन उपभोक्ता समूह, कञ्चन–५ पिपरीचापाको मुख्य प्रायोजन, रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह, कञ्चन ४, सह प्रायोजन र कञ्चन गाउपालिका वडा नं.५ को कार्यालयको सहयोगमा प्रतियोगीता आयोजना गरिएको बताइएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले महिलाहरुको शसक्तिकरण महिलाहरु नै समाज परिबर्तनको बाटोमा अगाडी बढे मात्र हुने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोमा तरामु मगर, कार्यपालिका सदस्य गिता थापा, रेनु कुवर, लक्ष्मी दर्जी, वडा नं. ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, इलाका प्रहरी कार्यलयका इन्चार्ज जिबराज ढुंगाना, रुद्रपुर सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष प्रेम पोख्रेल, रुद्रपुर खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष दिनानाथ आचार्य, समाजसेबी देबिराम रेग्मी, पिपरीचापा महिला सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष लालु माया थापा, समाजसेबी होमनाथ ढकाल, जेष्ठ नागरिक समाजका केन्द्रीय सचिब बासुदेबदीन पौडेल, वडा नं. ५ का वडा सदस्यहरु मुक्तिराम बेलबासे, नुम बहादुर थापा, लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा सामुदायिक रेडियो मायादेबीका कार्यक्रम प्रमुख उजेली बिश्वकर्मा र कलाकार गिरी प्रसाद पुनले निर्णायकको भुमिका निर्बाह गर्नु भएको बताइएको थियो भने संचालन सामुदायिक रेडियो कञ्चनका कार्यक्रम निर्देशक हिमा बेल्बासेले गर्नु भएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७५ शनिबार ००:००  १२ : ५६ बजे