१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नयननराज पाण्डे सम्मानित



काठमाडौं ।
यसपटकको पद्यमश्री साहित्य पुरस्कारबाट नयननराज पाण्डे सम्मानित हुनुहुने भएको छ । संस्मरणात्मक कृति यारका लागि पाण्डेलाई पद्मश्री पुरस्कारबाट सम्मानित गर्ने निर्णय भएको खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले जनाएको छ । यस्तै यसपटकको पद्मश्री साधना सम्मानबाट डाक्टर तारानाथ शर्मालाई सम्मान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिनुभयो ।
प्रतिष्ठानले २०७४ सालमा प्रकाशित साहित्यिक कृतिहरुमध्ये यारलाई सर्वोत्कृष्ट ठहर गरेको हो । यारमा निकट साथीहरुका माध्यमबाट नेपाली समाज साहित्य र कलाका साथै त्यहाँभित्रका मानिसको मनोदशालाई विशिष्ट ढंगले प्रस्तुत गरेको ठहर गर्दै पुरस्कृत गर्ने निर्णय भएको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ भाद्र २०७५ सोमबार ००:००  २ : ४३ बजे