२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

शिवराज नगरपालिका पूर्ण भर्ना घोषणा हुँदै



मायादेवी अनलाइन, कपिलवस्तु ।

शिवराज नगरपालिका मंगलबार पूर्ण भर्ना नगरपालिका घोषणा हुने भएको छ । नगरपालिकाका मेयर नेत्रराज अधिकारीका अनुसार नगरपालिका भित्रका ५ देखि १२ बर्ष उमेर समूहका सबै विद्यार्थी विद्यालय भर्ना भएपछि नगरपालिका पूर्ण भर्ना घोषणा हुन लागेको हो ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले नगरपालिकालाई पूर्ण भर्ना घोषणा गर्ने नगर प्रमुख अधिकारीले रेडियो मायादेवीलाई बताउनुभयो ।

चन्द्रौटामा रहेको राष्ट्रिय माविको प्राङ्गणमा हुने कार्यक्रममा उपस्थितीका लागि सबै प्रधानाध्यापक, शिक्षक कर्मचारी, विद्यालय व्यवस्थापन समिति आमन्त्रण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : १ आश्विन २०७५ सोमबार ००:००  २ : २५ बजे