२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

न्यायिक समितिबाट न्याय पाउँन सहज, वाणगंगामा ३६ मुद्धा दर्ता



मायादेवी अनलाइन, वाणगंगा ।
स्थानीय तहमा निर्माण भएका न्यायिक समितिबाट सर्वसाधारणलाई न्याय पाउन सहज भएको छ । संविधानले तोकेको कार्य क्षेत्र भित्र स्थानीय स्तरका न्यायिक समितिले न्यायिक कार्य गर्न पाउँछन ।
स्थानीय सरकारबाट न्याय पाउन थालेपछि सर्वसाधारण खुसी भएका हुन । सामान्य झै झगडा, लेनदेन, जग्गा विवाद जस्ता समस्या लिएर सर्वसाधारण न्यायिक समितिमा आउने गरेका न्यायिक समितिले बताएका छन् ।
जिल्लाको वाणगंगा नगरपालिकामा गठन भएको न्यायिक समितले पनि प्रभावकारी रुपमा काम गर्दै आएको छ । न्यायिक समिति गठन पछि आजको दिन सम्म समितिमा ३६ मुद्धा दर्ता भएको न्यायिक समितिका संयोजक चक्रपाणी अर्यालले बताउनुभयो । समितिमा आएका मुद्धा मध्ये अधिकांश फैसला भैसकेका छन् ।
समितिमा आएका मुद्धा मध्ये सबैभन्दा बढी घरायसी झैझगडाका हुने गरेका छन् । वाणगंगा नगरपालिकाका उपमेयर समेत रहनुभएका अर्यालले मुद्धाको प्रकृती हेरेर टुङ्ग्याउने गरेको बताउनुहुन्छ । संविधानले दिएको कार्य क्षेत्रै भित्र रहेको आफ्नो समितिले काम गरेको उहाले बताउनुभयो ।

प्रकाशित मिति : १ आश्विन २०७५ सोमबार ००:००  ३ : ३९ बजे