१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्यूठानी आइडलले रौनकता ल्याउँदै



प्यार अलि खाँन, प्युठान ।
‘प्यूठानी आइडल आयो प्यूठानी आइडल’ ‘को बन्छ, को बन्छ प्यूठानी आइडल’ अहिले तपाई युट्युवमा प्यूठानी आइडल सर्च गर्नुभयो भने यहि धुन गुन्जीन्छ र प्यूठानी आइडलले विभिन्न ठाँउहरुमा लिएका अडिसनका चरणहरु हेर्न सक्नु हुनेछ । यतिबेला प्यूठानी आइडलले प्यूठान उपत्यकामा रौनकता ल्याउँदै छ ।
गायन तथा नृत्य विधालाई समेटी प्यूठानी आइडल यही भाद्र १ गतेबाट सुरु गरिएको आइडलका संयोजक भोजराज थापाले जानकारी दिए । ‘आइडल कार्यक्रम मार्फत लुकेर रहेको प्रतिभाको खोजी भएको छ ।’ संयोजक थापाले भने, ‘हामी प्रतिभाको सम्मान गर्ने छौँ ।’ नव प्रतिभाको लागि कार्यक्रम राम्रो प्लेटफर्म हुने थापाको विश्वास छ । नाट्यस्वर कलाकेन्द्र तथा इभेन्ट म्यानेजमेन्ट नुवाकोटले आइडलको संयोजन गरेको हो ।
प्यूठानमा यस अघि विभिन्न रियालेटी सो हरु नभएका होईनन् यस पटकको आइडल अलि व्यवस्थित र प्रविधियुक्त भएको सहभागीहरुले बताएका छन् ।‘हामीलाई गर्ब छ ।’ माण्डवी गाँउपालिकाबाट नृत्य तर्फ प्रतिस्पर्धि गरिरहेकी समिक्षा वलीले भनिन् ‘यस पटकको आइडल पृथक छ ।’ कार्यक्रमको व्यवस्थापन पक्षको वलीले तारिफ गरिन । गायन तथा नृत्य विधाको जज तथा मूल्याकंन विजय पुन र दिपक परियारले गरिरहेका छन ।जिल्लाको दरभान, जस्पुर, बरौला, जुम्री, बाग्दुला, खलङ्गा, मच्छी र भिंगृबाट प्रतिस्पर्धिहरुलाई छनौट गरिएको निर्णायक विजय पुनले बताए ।
‘उत्साहजनक सहभागिता रह्यो ।’ पुनले भने, ‘प्यूठानमा राम्रो र भविष्यमा केही गर्न सक्ने ट्यालेण्टेड भेटेका छौँ ।’ सुन्दर प्यूठान र प्यूठानीहरुको प्रतिभालाई मुल्याकंन गर्न पाउँदा खुसी लागेको पुनले प्रतिक्रिया दिए । असोज १ गतेबाट जुम्री स्थित स्वर्गद्धारी सार्बजनिक यातायात व्यवसायी संघको हलबाट मेघा राउण्ड सुरु गरिएको छ । ४ गतेको श्रृंखलामा बाग्दुलाकी ९ वर्षिय क्रिस्टिना श्रेष्ठले ‘अन द स्र्पोट’ निर्णायकको मन जितेकी थिईन र उनि आगामी चरणमा हुने सिल्बर राउण्ड समेत पार गरि एक कदम अघि बढेको आयोजकले बताएको छ ।
आइडलको अहिले मेघा राउण्ड चलिरहेको कार्यक्रम निर्देशक मिथुन रावतले बताए । ‘सिल्बर र ब्याटल राउण्ड अबका चरणहरु हुन ।’ रावतले भने, ‘जजको मूल्याकंन एसएमएस भोटिङ सिस्टम हुँदै आइडल छान्ने छौँ ।’ दशै र तिहारको बिचमा उत्कृष्ठ १० को विशेष प्रस्तुति सहित भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिगायन तथा नृत्य विधाका आइडल घोषणा गरिने आयोजकले बताएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७५ सोमबार ००:००  १ : १९ बजे