१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सन्ध्या र बर्षा इमेज लोक कलाकार अडिसनमा छनौट



थानेश्वर अधिकारी, कपिलवस्तु ।
इमेज च्यानल टेलिभिजनले आयोजना गरेको ५ नं प्रदेश स्तरिय इमेज लोक कलाकार सिजन २ मा कपिलवस्तुबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तु कार्यसमिति सदस्य बर्षा लम्साल र सन्ध्या आचार्य छनौट परेका छन् । बुटवलको ड्राइभर टोलमा रहेको एस्.आर. होटलमा भएको प्रतियोगिताबाट उनीहरु छनौटमा परेका हुन् ।
कपिलवस्तु जिल्लाबाट ५ जना कलाकारको सहभागिता रहेको सो कार्यक्रममा २ जना छनौटमा परेका हुन् । कुल १८५ जना सहभागी रहेको सो कार्यक्रको निर्णायक मण्डलमा र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङ, संगितकार सुरेश सेन्चुरी र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका लुम्बिनी अञ्चल बरिष्ट उपाध्यक्ष नारायण थापा रहनु भएको थियो ।
साथै सानै उमेर देखी लोक गितलाई माया गर्ने लम्साल कपिलवस्तु जिल्ला लगायत बाहिरी जिल्लामा हुने कार्यक्रमका सहभागि भइ आफ्नो प्रस्तुती दिने गरेकी छन् । उनले चट्ट मायालु बोलको दाहोरी गित बजारमा ल्याएकी छन् । अत्यन्त मिठो स्वरकी धनि लम्साल प्रायः मेला महोत्सवको बेला व्यस्त रहने गर्छिन ।
आगामी दिनमा पनि उनले साँगितिक यात्रालाई निरन्तर रुपमा अगाडी बढाउने सोंचमा रहेकी छन् । यसै गरी अर्की बस्ति भित्रकी हस्ति सन्ध्या आचार्य अर्घाखाँची जिल्लामा जन्मिएकी उनी बिद्यार्थी जिवनदेखी नै बिभिन्न साँस्कृतिक तथा तिज बिशेष कार्यक्रममा सहभागी भइ आफ्नो प्रस्तुती दिदै आएकी छन् ।
कर्णप्रिय स्वरकी धनी आचार्य खाएका ति बाचा कसम बोलको आधुनिक गित बजारमा ल्याउने तयारी गरिरहेकी छन् । उनी आधुनिक गितका साथै लोक बिधाका गित गाउन पनि उत्तिकै सिपालु रहेकी छन् । आगामी दिनमा उनले आधुनिकका साथै लोक बिधाका गितलाइ पनि अगाडी बढाउने योजनामा रहेकी छन् ।

प्रकाशित मिति : १० आश्विन २०७५ बुधबार ००:००  १ : ५८ बजे