१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मानपुर र हरिहरपुर पूर्ण भर्ना वडा घोषणा


११ आश्विन २०७५ बिहिबार ००:००  

0
Shares

मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका दुई वडा बिहीबार पूर्ण भर्ना वडा घोषणा भएका छन । नगरपालिकाका साविक मानपुर र हरिहरपुर गाविस पूर्ण भर्ना घोषणा भएका हुन । वडालाई पूर्ण भर्ना घोषणा गर्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले अब नगरपालिकालाई पनि छिट्टै घोषणा गर्ने बताउनुभयो । शिक्षा समाज रुपान्तरणको महत्वपूर्ण अंग भएकोले नगरपालिकाले शिक्षामा लगानी गर्न तयार रहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
नगरका १० वटा वडा मध्ये यी दुई वडा बाहेक अरु सबै पूर्ण भर्ना घोषणा भैसकेका छन । नगरपालिकाले यही असोज २० गते सिंगो नगरलाई पूर्ण भर्ना घोषणा गर्ने तयारी गरेको छ । त्यसै अनुसार तीव्रताका साथ काम भैरहेको नगरपालिकाले जनाएको छ । बुद्धभूमि यसभन्दा अगाडी नै पूर्ण साक्षर घोषणा भैसकेको छ ।
कपिलवस्तुमा अहिले सम्म शुद्धोधन गाउँपालिका र शिवराज नगरपालिका पूर्ण भर्ना घोषणा भैसकेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७५ बिहिबार ००:००  ४ : ५० बजे