१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विद्यार्थी कुट्ने प्रधानाध्यापकलाई म्याद थप



नवलपरासी ।
विद्यार्थी कुटपिट आरोपमा पक्राउ परेका पूर्वी नवलपरासी बुलिङ्टार गाउँपालिकाका स्थित शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पीडितको उजुरी आधारमा गत असोज ११ गते पक्राउ परेका प्रधानाध्यापक श्रेष्ठलाई जिल्ला अदालतबाट म्याद थप गरेको छ । पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक टीकाराम पोखरेलका अनुसार पक्राउ परेका श्रेष्ठको आठ दिनको म्याद थप गरिएको छ ।
कुटपिट एवं अङ्गभङ्ग गर्ने महलमा श्रेष्ठ विरुद्ध मुद्दा चलाइएको प्रहरीले जनाएको छ । पीडित खुमानका बुबा वीरबहादुर सार्कीले जिल्ला प्रहरी कार्यालयमा गत असोज ५ गते किटानी जाहेरी दिएपछि श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७५ मंगलबार ००:००  २ : ०२ बजे