१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ठाडामा विविध सांस्कृतिक र रक्तदान कार्यक्रम हुँदै



गणेश बेल्बासे, अर्घाखाँची ।
काठमाडौं कलाकार समाजको आयोजनामा शितगंगाको ठाडामा विविध साँस्कृतिक कार्यक्रमका साथ रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।
आगामी कार्तिक ४ गतेका दिन विजया दशमीको अवसर पारी शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम सँगै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष मधुसुदन बन्जाडेले बताएका छन ।
कला संस्कृतीको संरक्षणमा योगदान गर्ने अग्रज कलाकारलाई सम्मान र नयाँलाई प्रोत्साहन भन्ने मूल नाराको साथ २०७३ सालमा उक्त संस्था अर्घाखाँची काठमाडौं कलाकार समाजको नाममा स्थापना भएको थियो । अर्घाखाँची शितगंगा नगरपालिका वडा नं ३ ठाडामा उक्त कार्यक्रम हुने आयोजकले बताएको छ ।
कार्यक्रममा शितगंगा नगरपालिकामा जन्म भई सोही ठाउँमा बसेर तथा देश बिदेशमा रहेर पनी समाज सेवामा उच्च कार्य गर्ने व्यक्तीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष बन्जाडेले बताएका छन । त्यस्तै अर्घाखाँची काठमाडौं कलाकार समाज र अर्घाखाँची जिल्ला लाई नै प्रचारप्रसार गरेर सहयोग गर्ने पत्रकारहरुलाई पनी उक्त कार्यक्रममा सम्मान गर्ने बताए ।
अर्घाखाँची जिल्लाका विभिन्न धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उदेश्यमा, कलाकार समाजले उक्त रक्तदान साथै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष बन्जाडेले बताएका छन ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले बताएको छ । उक्त कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउन सबै जनसमूदायलाई उपस्थितीको लागि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७५ मंगलबार ००:००  ३ : ५४ बजे