१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाल राहत शिक्षक कपिलवस्तुको अध्यक्षमा घिमिरे सर्वसम्मत चयन



सूर्य चुँदाली, कपिलवस्तु ।

कपिलवस्तुमा कार्यरत राहत शिक्षकहरुको एक भेलाले मोहन घिमिरेको अध्यक्षतामा १९ सदस्यीय नेपाल राहत शिक्षक जिल्ला कार्य समिति कपिलवस्तु गठन गरेको छ । वाणगंगा नगरपालिकाको बनगाई अवस्थित जनचेतना आधारभूत विद्यालयमा बसेको भेलाले घिमिरेको अध्यक्षतमा समिति गठन गरेको हो ।

नेपाल राहत शिक्षक केन्द्रिय सचिव रोमनाथ न्यौपानेको प्रमुख आतिथ्यता रहेको उक्त भेलाले सहअध्यक्षमा राजेश कुमार पाण्डे, सत्येन्द्र कुमार श्रीवास्तव, श्रीधर आचार्य, रेशमलाल गैरे, महिला सह अध्यक्षमा सरस्वती गौतम, सचिवमा दुर्गा प्रसाद अधिकारी, सह सचिवमा प्रतिमा भट्टराई, अर्थ सचिवमा अभिमन्यू सिंह, सदस्यहरुमा टिकाराम अर्याल, प्रकाश खनाल, राजु बेल्बासे, ऋषिराम खनाल, ज्ञानेन्द्र कुमार चौधरी, जयप्रकाश शर्मा लगायतको जिल्ला समिति गठन गरेको बताइएको छ ।

त्यसै गरी सोही भेलाबाट ओमप्रकाश घिमिरेको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकार सदस्यहरुमा नन्दलाल खनाल, प्रदिप पौडेल, संजय वर्मा र शान्ता पोख्रेल रहनुभएको छ । उक्त कार्यक्रम प्रतिमा भट्टराईको स्वागत मन्तव्य, ओमप्रकाश घिमिरे, कृष्ण घिमिरे, नन्दलाल खनालको शुभकामना मन्तव्य र प्रदिप पौडेलको सञ्चालनमा सम्पन्न भएको शिक्षक देबेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० आश्विन २०७५ शनिबार ००:००  १ : ०६ बजे