८ जेष्ठ २०८१, मंगलबार | Wed May 22 2024

प्रदेशका तीन स्रष्टा सम्मानित



मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रदेश ५ का तीन जना वरिष्ठ साहित्यकार शनिबार सम्मानित हुनुभएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालले कपिलवस्तुको कपिलधाममा राखेको स्रष्टा सम्मान कार्यक्रममा ती साहित्यकारलाई सम्मानित गरिएको हो ।
यसरी सम्मानित हुनेहरुमा बाँकेका कथाकार सनत रेग्मी, दाङका पत्रकारिताका सेनानी तथा साहित्यकार नारायण प्रसाद शर्मा र रुपन्देही भैरहवाका वरिष्ठ गजलकार बुँद राना हुनुहुन्छ ।
उहाहरु सबैलाई प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले खादा ओढाई ताम्रपत्रले सम्मान गर्नुभएको हो । यसैबीच कार्यक्रममा विभिन्न स्रष्टाले लेख्नुभएको तीन कृतिको विमोचन गरिएको छ ।
बुटबलका साहित्यकार ऋषि आजादले लेख्नुभएको समिक्षा संग्रह लगायतका तीन कृती विमोचन गरिएको हो ।

प्रकाशित मिति : २१ आश्विन २०७५ आइतबार ००:००  १ : २० बजे