२७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025

श्रीराम आधारभूत विद्यालय पडरियाको सामाजिक परीक्षण



बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तुको बाणगंगा ९ पडररियामा अवस्थित श्रीराम आधारभूत विद्यालयले आइतबार एक समारोहका वीच सामाजिक परीक्षण कार्य सम्पन्न गरेको छ । सो समारोहमा विधालयका प्रधान अध्यापक ओमलाल गिरीले विद्यालयको शैक्षिक, भौतिक, आर्थिकको बारेका प्रकाश पार्दै आर्थिक वर्ष २०७४÷०७५ को २८ लाख ८९ हजार बराबरको आय–व्यय सार्वजनिकिकरण गर्नु भएको थियो ।
साथै गिरीले विद्यालयको प्रगतीको लागि बिद्यालयको कार्यक्षेत्रका अभिभावकलाई सहयोग पु–याउन अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयलाई शुभ दिनेहरुमा समाजसेवी बिन्द्र गुरुङ्ग, सञ्चारकर्मी बाबुराम रायमाझी, सरेपानी सामुदायिक वनका अध्यक्ष गिर बहादुर गुरुङ्ग, विद्यालय व्यवस्थापनका अध्यक्ष राम बहादुर क्षेत्री वाणगंगा नगर कार्यपालिका सदस्य केशरा गुरुङ्ग लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम सामाजिक परीक्षण समितिका संयोजक मेनुका भुसाल थारुको अध्यक्षता वाणगंगा नगर कार्यपालिका सदस्य केशरा गुरुङ्गको प्रमुख आतिथ्यता रहेको कार्यक्रम विद्यालयका सहायक प्र.अ. दुर्गा प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
सामाजिक परीक्षण कार्यका शिक्षक, विद्यार्थाी, बुद्धिजिवि, शिक्षक अभिभावक संघ पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक गरी ६० जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७५ आइतबार ००:००  ३ : ०४ बजे