१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

५ नम्बर प्रदेशमा मदरसा बोर्ड गठन गर्न माग



अजय मिश्रा, कृष्णनगर ।
एकिकृत अखिल नेपाल शिक्षक संघको आयोजनामा बुद्धभूमि नगरपालिका २ गोरुसिंगे स्थित गौतमबुद्ध माध्यमिक बिद्यालयमा प्रदेश स्तरीय शिक्षाका समस्याका बारेमा छलफल भएको छ । संघका प्रदेश अध्यक्ष मदन शर्मा, केन्द्रिय उपाध्यक्ष ऋषिराम चापागाई, प्रदेश इन्चार्ज वसना अधिकारी, प्रदेश सचिव जग प्रसाद शर्मा, शिक्षक महासंघ केन्द्रीय समितीका सदस्य प्रमोद मिश्रा र पार्टी सदस्य नारायण भुसाल लगायतको सहभागीतामा शिक्षामा देखिएका समस्या र समाधानका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय मदरसा संघ नेपालका महासचिव मौलाना मसहद खाँ नेपालीले प्रदेश नम्बर २ मा मदरसा बोर्ड गठन जसरी गरिएको छ त्यही अनुरुप प्रदेश नम्बर ५ मा समेत गठन गर्नुपर्ने माग गरेका छन् । सोही अवसरमा मुस्लिम अल्पसंख्यक बालबालिकाको मदरसा शिक्षालाई सरकारी बिद्यालय सरह मान्यता दिनुपर्ने बाताएका थिए । राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अल्कूफीले धार्मिक मदरसालाई नेपाल सरकारले सरकारी सरह मान्यता नदिएर मुस्लिम समुदायलाई पछाडी हटाउन खोजेको कुरा व्यक्त गरे ।
ऋषिराम चापागाईले राष्ट्रिय मदरसा संघले उठाएको माग प्रति हाम्रो समर्थन रहेको कुरा व्यक्त गरेका छन् । कार्यक्रममा मदन शर्माले राष्ट्रिय मदरसा संघ नेपालको मागलाई सहयोग गर्न आफू तैयार रहेको साथै समाजिक कल्याण विकाष मन्त्री सुर्दशन बरालसंग छलफल गर्ने कुरा ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७५ आइतबार ००:००  ४ : ५१ बजे