११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

आजको आवश्यकता प्राविधिक शिक्षा : सामाजिक मन्त्री



शिवलाल सुवेदी, गुल्मी ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन वरालले  प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताएका छन । पालुखा माध्यमिक विद्यालय इस्मा गाउँपालिकाले आयोजना गरेको नवदुर्गा शैक्षिक तथा धार्मिक महोत्सवको उद्घाटन गदै हिजोको जस्तो शिक्षाले अव नहुने बताए ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अन्र्तगत शिक्षा मन्त्रालय पनि पर्ने भएकाले ५ नम्बर प्रदेशभित्र प्राविधिक शिक्षालाई बिषेश रुपमा अगाडि सारिएको छ मन्त्री वरालले भने‘ शिक्षामा आमुल परिर्वतन ब्यवहारिक बनाउन शैक्षिक नितीलाई परिर्वतन गर्न जरुरी छ ।’ घरकै आटो पिठो खाएर प्राविधिक शिक्षा अध्ययन गर्न पाउने व्यवस्था मिलाउन प्रदेश सरकार लागेको बताउदै उनले स्थानीय सरकारले पनि यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

विद्यालयको गुणस्तर सुधारसगै तथा उच्च शिक्षा सञ्चालनका लागि पालुखा माध्यमिक बिद्यालयले धार्मिक महायज्ञको आयोजना गर्नु प्रशंसनीय कार्य भएको बताए । उनले शिक्षा जस्तो क्षेत्रमा दान गर्न सवैलाई आग्रह समेत गरे । सामाजिक विकास मन्त्रालयले गर्न सक्ने सवै सहयोगका लागि तयार रहेको भन्दै मन्त्री मरालले भने‘ शिक्षक शिक्षिकाहरुको तालिम, गोष्ठीहरु सञ्चालन गर्ने, डिजीटल माध्यमवाट शिक्षालाई अगाडि बढाउने मन्त्रालयको रणनितीमा मन्त्रालयले योजना अगाडि सारेको छ ।

उनले शिक्षामा सवै पाठ्यक्रमलाई अपडेट गर्ने, प्रयोगशाला तथा ल्याव सञ्चालन गर्ने लगायतका कामहरु पनि सञ्चालन भएको उनको भनाई छ । उनले आफु मन्त्री रहदाँ मात्र नभएर अन्य वेला पनि साथ सहयोग रहने बताए । धार्मिक महोत्सव ३० गतेसम्म  चल्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७५ सोमबार ००:००  २ : ३४ बजे